Logo

मनोरञ्जन

कंगनाको चुनौती: आफूले बोलेको कुरा गलत साबित भए पद्मश्री अवार्ड फिर्ता



बलिउड अभिनेत्री कंगना रनावतले भारतको स्वतन्त्रताबारे दिएको अभिव्यक्तिपछि विवादमा तानिएकी छन्। अभिनेत्री कंगनाले भारत सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र नभएको जिकिर गर्दै ‘भिख पाएको’ प्रतिक्रिया दिएकी थिइन्। बरू नरेन्द्र मोदीको पालामा सन् २०१४ मा भारत औपचारिक रुपमा स्वतन्त्र भएको कंगनाले बताएकी थिइन्।

कंगनाको यस्तो अभिव्यक्तिपछि उनीविरुद्ध देशद्रोही र भड्काउवाजी बयान दिएको भन्दै भारतीय दण्ड संहिता अन्तर्गत कारबाही गर्न मागसमेत भएको छ।

केहीले उनीविरूद्ध प्रहरीकहाँ उजुरीसमेत दिएका थिए। यसैबीच कंगनालेले आफूले बोलेको कुरा गलत साबित भए हालै पाएको पद्मश्री अवार्ड फिर्ता गर्ने चुनौती दिएकी छन्।

कंगनाले आफ्नो बचाउ गर्दै सामाजिक सञ्जालमा एउटा पुस्तकको कुनै अंश सेयर गरेर सन् १९४७ मा भारत स्वतन्त्र नभएको दाबी गरेकी छन्। ‘सन् १८५७ मा भारतले स्वतन्त्रताको लडाई लडेको थियो।

त्यसमा सुभासचन्द्र बोस, रानी लक्ष्मीबाई लगायतले अगुवाई गरेका थिए। तर सन् १९४७ मा स्वतन्त्रताका लागि कुनै युद्व लडिएको थियो र?’, उनले प्रश्न गरिन्, ‘मलाई त यसबारेमा केही जानकारी छैन।

यदि कोहीसँग जानकारी भए भन्नुहोस्, म माफी मागेर आफूले पाएको पद्मश्री फिर्ता गर्छु।’ यद्यपी सामाजिक सञ्जालमा उनीविरुद्ध कारबाही गर्नुपर्ने आवाज व्यापक रूपमा उठ्न थालेको छ। आम आदमी पार्टीका नेतासँगै भाजपा नेता प्रविण शंकर, महाराष्ट्र भाजपा प्रमुख चन्द्रकान्त पाटिलले पनि कंगनाको अभिव्यक्ति विरूद्ध आवाज उठाएका छन्।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल