Logo

मनोरञ्जन

कट्रिना र विक्कीको विवाहमा सलमान खान सरिक नहुने



एजेन्सी- बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको सम्बन्धको खबर त धेरैजसो चर्चामा आइरहन्छ तर यी दुईले आफूहरु सम्बन्धमा रहेको खबर कहिल्यै स्वीकार गरेनन्।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्दैछ। विक्की कौशल र कट्रिना कैफ यसै वर्षको डिसेम्बरमा विवाह गर्दैछन् भन्ने कुरा अहिले भारतीय मिडियामा निकै चर्चाको बिषय बन्न पुगेका छन्।

तर भारातिया सञ्चार माध्यमका अनुसार विक्की कौशल र अभिनेत्रीकट्रिना कैफको तयारी पनि सुरु भइसकेको छ। उनीहरुले विवाह गर्ने स्थानका रुपमा राजस्थानलाई छानेका छन्।

जसका लागि उनीहरुले होटलहरु मिलाउन कट्रिनाको टिम १० जना राजस्थान पुगिसकेको जनाएको छ। त्यहाँका होटलहरु ७ डिसेम्बर देखि १० डिसेम्बर सम्म प्याक रहेकोले गर्दा कतै त्यहि डेटमा विवाह त हैन भन्ने कुरा अहिले भारतीय मिडिया बताउँछन्।

जी न्यूजको रिपोर्ट अनुसार सलमान खान यी दुईको विवाहमा सरिक हुने छैनन्। यी दुईको विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई पठाइएको भारतीय सञ्चार माध्यममा खबर प्रकाशित छ।

कट्रिना कैफको सलमान खानसँग पारिवारिक सम्बन्ध छ। तरपनि सलमान उनीहरुको विवाहमा उपस्थित नहुने सम्भावना अत्यधिक रहेको खबरमा उल्लेख छ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल