Logo

समाचार

४० पटक फोन गरेर बोलाए, ‘ग्याङ’मा आउन धम्की दिए, नमानेपछि लखेटी–लखेटी प्राण लिए



काठमाडौं – कात्तिक २४ कैलालीको टीकापुरमा च’क्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नवीन रावलको समूहले ‘ट्रयाप’मा पारेर ह’त्या गरेको मृतकका बुबाले बताएका छन् ।

रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह’त्या गरेको उनका बुवा डम्बर बडुवालले बताएका हुन् ।

दशैंभन्दा अगाडि रिसोर्टमा बोलाएर मेरो ग्याङमा सामेल होभन्दा भुपेन्द्रले इन्कार गरेपछि हतियार देखाएर उनलाई जबरजस्ती आफ्नो ग्याङमा सामेल भएको घोषणा गरेको उनले बताए ।

काठमाडौंबाट भर्खरै मात्र घर गएका भुपेन्द्रलाई उनकै साथीले बोलाएको भुपेन्द्रको फोनको ‘कल डिटेल्स’ प्रहरीले भेटेको छ। साथीलाई अफ्ट्यारो परेको छ भन्दै ४० पटकसम्म भुपेन्द्रलाई फोन गरेको प्रहरीले भेटेको मृतकका पिताले जानकारी दिएका छन् ।

मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए।साथीलाई अप्ठ्यारो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए ।

घर गएर भुपेन्द्रका बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए । लम्कीचुहामा डम्बरको जुत्ता–चप्पल र इनामेलको पसल छ । उनीहरू साधारण परिवारका हुन् ।

उक्त समूहले बडुवाललाई शुरुमा टीकापुरस्थित केराबारीमा पुर्‍याएको थियो । त्यहाँबाट ल’खेट्दै–ल’खेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको हो ।

रमेश खरेलको राजनीतिक यात्रा कसरी (भिडियो)

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल