Logo

स्वास्थ्य

फाइजर खोप अन्यभन्दा किन फरक, कति प्रभावकारिता ?



काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताए। फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ। फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ। उनले १३२ देशले कोरोना विरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताए।

उनका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ।

खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ।

फाइजर–बायोएनटेक खोप अन्यभन्दा किन फरक?

फाइजर–बायोएनटेक खोप नेपालमा लगाइएका अन्य चार खोप जस्तै दुई मात्रा लगाइन्छ। यो खोप भायलमा उपलब्ध हुन्छ। फाइजर–बायोएनटेक अन्यभन्दा फरक अवस्थामा पाइन्छ।

यो खोप जमेको अवस्थामा बाक्लो झोलको रूपमा हुन्छ। यो सामान्य अवस्थामा सेतो र हल्का धमिलो रङको हुन्छ। यो खोपको भायलमा ६ मात्रा हुन्छ।

फाइजर–बायोएनटेकलाई लगाउनुअघि घोलकलाई मिलाएर लगाउनुपर्छ। एउटा भायल घोल्नको लागि १.८ मिलिमिटर घोलकको आवश्यकता पर्छ। अन्य कोरोनाको खोप एक डोजमा ०.५ मिलिमिटर दिइन्थ्यो भने यो खोप भने ०.३ मिलिलिटर मात्र दिइन्छ।

घोलनलाई घोल्नुअघि माइनस २ डिग्रीदेखि माइनस ८ डिग्री सेल्सियसको तापक्रममा कम्तिमा पनि १२ घण्टा स्टोर गर्नुपर्छ। तब मात्र घोलक भायलमा मिसाएर सुईको माध्यमद्वारा व्यक्तिलाई खोप दिइन्छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल