Logo

समाचार

दोस्तीको नाममा गद्धारी: कसरी भयो टीकारपुरका भुपेन्द्रको हत्या?



कात्तिक २४ कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह ,,त्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नविन रावलको समूहले ‘ट्रयाप’मा पारेर हत्या गरेको आफन्तले बताएका छन्। रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह, त्या गरेको मृ,तकका आफन्तले बताएका हुन्।

भुपेन्द्र बडुवाललाई यसरी मारेका थिए

मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए।साथीलाई अप्ठेरो परेको छ भन्दै उन ले राति ८ बजे घरबाट लिएर गएका थिए।

लम्कीचुहा-१ कै श्रेष्ठ बडुवालका नजिकका साथी थिए।उनी पनि काठमाडौं नै बस्थे। श्रेष्ठ मंगलबारमात्रै कैलाली पुगेका थिए। बडुवाल इमान्दा र स्वभावका थिए।

घर गइकन बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए।लम्कीचुहामा डम्बरको जुत्ता-चप्पल र इनामेलको पसल छ। उनीहरू साधारण परिवारका हुन्।

बडुवाललाई सुरूमा टीकापुरस्थित केराबारीमा पुर्‍याएका थिए। त्यहाँबाट ल’खेट्दै-लखेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

अहिले ‘परिवार विक्षिप्त अवस्थामा छ। उनीहरूसँग केही कुराकानी गर्ने परिस्थितिमा नभएको छिमेकीहरु बताउँछन। बडुवाललाई खुकुरी र टाउकोमा रड प्रहार गरेको देखिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मार्ने गोप्य योजना नविन रावलले बनाएको भनाई छ। ‘शाही थरका युवकलाई मार्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन।

टीकापुरमा नविनको गिरोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित ख तरा आकलन गर्दै भागेर उम्कन खोज्दा नविनको गिरोहले धारिलो हतियार प्रयोग गरेर भुपेन्द्रको हत्या गरेको हो।

शाहीको हत्या योजना बाहिरीने डरले ट्रयापमा पारेर लखेटीलखेटी बडुवालको हत्या गरिएको हो।’ विभिन्न घटनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आवद्ध रहेको स्थानीयले बताएका छन्।

दुबै समूहले एकअर्कालाई भेट्टाउनासाथ भौतिक आक्रमण गर्ने गरेका थिए। अहिले उनको हत्या अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय एक किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह छन्।

दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले बुधबार दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल