Logo

मनोरञ्जन

बलिउडमा अनुष्का ‘जिरो’पछि ‘जिरो’, के साच्चिकै फिल्म क्षेत्रबाट सन्यास लिएकी हुन् त?



एजेन्सी- चलचित्र ‘जिरो’ असफल भएपछि यसका निर्माता तथा नायक साहरुख खानले कुनै पनि नयाँ चलचित्रमा काम गरेका छैनन्। तर, साहरुखले मात्र होइन चलचित्रकी नायिका अनुष्का शर्माले पनि कुनै चलचित्र साइन गरेकी छैनन्।

अनुष्काले नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्सुकत छन्। हालै मात्र एक भारतीय अनलाइनसँग कुरा गर्दै अनुष्काले नयाँ चलचित्र साइन गरेकी छैनन्।

बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने चर्चित अभिनेत्रि अनुष्का शर्मा क्रिकेटर विराट कोहलीसंग बिवाह गरेकी अभिनेत्रि अनुष्का शर्मा अहिले फिल्म उद्योगबाट सन्यास लिने खबर बाहिरिएको छ।

मिडिया रिपोर्टका अनुसार अनुष्काले बिराटकै भनाइ अनुसार उनले बिराटकै भनाइ अनुसार फिल्म क्षेत्र छोड्न लागेको बताइएको छ। फिल्ममा मात्र नभई आफ्नो परिवारलाई पनि भरपुर समय दिनु पर्ने हुनाले अभिनेत्रि अनुष्काले फिल्म क्षेत्रबाट केहि समय ब्रेक लिन लागेको बताइएको छ।

अभिनेत्रि अनुष्काले फिल्म क्षेत्रबाट किन टाढीन खोजेकी हुन् भन्ने कुरा अहिले निकै चर्चा चलिरहेको छ। तर खास कुरा अझै सम्म खुल्न सकेको छैन।अहिले उनी फिल्म क्षेत्रबाट साच्चै टाढा भएकी नै हुन त भन्ने प्रश्न उठ्न थालेको छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल