Logo

मनोरञ्जन

कट्रिना र विक्की कौशल विवाहका लागि राजस्थान प्रस्थान!



एजेन्सी- बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको सम्बन्धको खबर त धेरैजसो चर्चामा आइरहन्छ तर यी दुईले आफूहरु सम्बन्धमा रहेको खबर कहिल्यै स्वीकार गरेनन्।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्दैछ। विक्की कौशल र कट्रिना कैफ यसै वर्षको डिसेम्बरमा विवाह गर्दैछन् भन्ने कुरा अहिले भारतीय मिडियामा निकै चर्चाको बिषय बन्न पुगेका छन्।

तर भारातिया सञ्चार माध्यमका अनुसार विक्की कौशल र अभिनेत्रीकट्रिना कैफको तयारी पनि सुरु भइसकेको छ। उनीहरुले विवाह गर्ने स्थानका रुपमा राजस्थानलाई छानेका छन्।

जसका लागि उनीहरुले होटलहरु मिलाउन कट्रिनाको टिम १० जना राजस्थान पुगिसकेको जनाएको छ। त्यहाँका होटलहरु ७ डिसेम्बर देखि १० डिसेम्बर सम्म प्याक रहेकोले गर्दा कतै त्यहि डेटमा विवाह त हैन भन्ने कुरा अहिले भारतीय मिडिया बताउँछन्।

कट्रिना चिसो मौसममा विवाह गर्न चाहेकाले उनीहरुले डिसेम्बर महिना रोजेका हुन्। विक्की रकट्रिनाको विवाह हुन लागेको खबरले उनीहरुको फ्यान जति खुशी छन्, त्यो भन्दा ठिक विपरित जयपुरका मानिसहरु तनावमा छन्।

विक्की र कट्रिनाको विवाहको कार्यक्रम एक सातासम्म चल्नेछ। जसकारण उनीहरुले जयपुरका सबै गाडी भाडामा लिएका छन्। त्यसकारण जो मानिसहरु राजस्थान जाने तयारी गरिरहेका छन्, उनीहरुले भाडामा गाडी पाउन सकेका छैनन्।

डिसेम्बरका लागि जो मानिसहरुले होटल बुक गरेका छन्। त्यहाँसम्मको यात्रामा उनीहरुले निकै समस्या भोगिरहनु परेको छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल