Logo

मनोरञ्जन

सय करोड क्लबमा ‘खिलाडी’को राज : यी हुन् ‘सूर्यवंशी’भन्दा पहिले करोडौं कमाएका अक्षयका फिल्महरु



एजेन्सी – अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यस फिल्म कोरोना महामारीपछि दर्शकलाई हल फर्काउन सफल भएको छ।

फिल्मलाई दर्शकले अपार माया दिएका छन्। रिलिज भएको एक हप्तामा सूर्यवंशीले १ सय २० करोड कमाएको छ। फिल्मको कमाई अझै बढ्नेछ।

तर सूर्यवंशी अक्षयकुमारको पहिलो फिल्म हैन जसले सय करोड कमाएको छ। यसभन्दा अघि उनका केही फिल्महरुले करोडौं कमाइसकेका छन्। २०१९ को क्रिसमसमा रिलिज भएको ‘गुड न्यूज’ले २ सय ५ करोड कमाएको थियो।

रजनीकान्त र अक्षयकुमारको अभिनय रहेको फिल्म ‘२.०’ २०१८ मा रिलिज भएको थियो। यो फिल्मले १ सय ९ करोडभन्दा बढी कमाइ गरेको थियो। २०१६ मा रिलिज भएको ‘एयरलिफ्ट’ले १ सय २८ करोड कमाएको थियो।

त्यस्तै २०१८ मा रिलिज भएको ‘गोल्ड’ले १ सय ४ करोड, ‘हाउसफुल ४’ले १ सय ९४ करोडको आँकडा पार गरेको थियो।

अक्षयको फिल्म ‘जोली एलएलबी २’ ले १ सय १७ करोड, ‘मिसन मंगल’ले २०२ करोड, ‘रुस्तम’ले १ सय २७ करोड र ‘ट्वाइलेट एक प्रेम कथा’ले १ सय ३४ करोड कमाइ गरेको थियो।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल