Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मासिक कति कमाउँछन् ? कति छ उनकाे सम्पत्ति?



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको सन्यास घोषणा धेरैका लागि अप्रत्यासित थियो। पारस खड्का नेपाली क्रिकेट ईतिहासकै सर्वाधिक सफल कप्तान हुन्। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा हात पारेको हरेक सफलताको नेतृत्व पारसले गरेका छन्।

एक समय डिभिजन-५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी–ट्वान्टी विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्राको नेतृत्व गरे।

नेपाली क्रिकेट आईसीसीबाट निलम्बनमा रहदाँ समेत उनैले कप्तान र अभिभावकको रुपमा नेपाली क्रिकेटलाई अघि बढाए। नेपाली क्रिकेटले बनाएको हैसियतमा पारस नायक छन्।

पारस जति सफल कप्तान नेपाली क्रिकेटले बिरलै पाउनेछ। २००९ मा तत्कालिन कप्तान विनोद दासलाई विस्थापित गर्दै राष्ट्रिय टिमको कप्तान चुनिएका पारस नेपाली राष्ट्रिय क्रिकेट टोली विभिन्न राजनीतिक झमेलामा परेता पनि त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान बने।

नेपलाको अस्थिर राजनीति र विभिन्न समयमा धेरै कप्तानले भ्रस्टचार र म्याच फ़िक्सिङ्ग गरेका बेला धेरै वर्ष कप्तान हुँदा उनले कतै भ्रस्टचार त गरेनन ? कति छ उनको सम्पति जस्ता प्रश्न धेरै मानिसको मनमा रहेको छ।

पारस खड्काको सम्पति कति ?

सानैबाट खेलमा निकै रुचि राख्ने पारस निकै मेहनती थिए। त्यहि मेहनत गरे अनुसार नै उनले सम्पति पनि धेरै कमाएका छन्। उनले अहिले पनि महिनाको ५० देखि ८० हजार सम्म कमाउने गर्दछन्।

त्यो कमाइ भनेको उनको विभिन्न कार्यक्रम टिभी सो अनि विज्ञापनबाट कमाउने गर्दछन्। त्यस्तै उनको सम्पति भनेको लगभग ३ देखि ४ करोड सम्म रहेको छ।

यति मात्र हैन उनीसँग महिन्द्रा एक्स यु भीको कार रहेको छ जसको मूल्य नेपाली ५१ लाख रहेको छ भने उनीसँग अर्को कार फ़ेइट अभेंचुरा फुन्टो रहेको छ जसको मूल्य रहेको छ ३९ लाख रुपयाँ छ। बाइकमा निकै सौखिन पारससँग डिमेक डिटिएम आइएसओ रहेको छ। यसको नेपाली मूल्य ४ लाख रुपयाँ रहेको छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल