Logo

समाचार

म बाहिर भएका बेला रोनितले त्यसो गरेछ, झाप्पु लगाएर कामबाट निकालिसकें : दीपक मनाङे



काठमाडौं गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सहयोगीलाई कार्यवाहक मन्त्री बनाएको विषयमा स्पष्टिकरण दिएका छन्। मन्त्री मनाङेले आफू बाहिर भएका बेला साथी रोनित लामाले त्यसो गरेको जानकारी दिएका छन्।

रोनित लामो समयदेखि मनाङे प्रदेशसभा सदस्य बनेदेखि नै सहयोगीका रुपमा काम गर्दै आएका थिए। पछिल्ला केही महिनादेखि कार्यवाहक तथा प्रवक्ता भनेर कागजात हेर्ने, योजना छान्ने र कार्यावयन समेत गर्ने गरेको मन्त्रालयका कर्मचारीहरु बताँछन्।

रोनित स्वयंमले पनि मन्त्रीले नभ्याउने भएकाले कार्यवाहक तथा प्रवक्ताको जिम्मेवारी निभाएको प्रतिक्रिया दिएका थिए। तर कानून विपरित कार्यवाहक दिएको भनेर चौतर्फी आलोचनाएपछि मन्त्री मनाङेले भने रोनितलाई देखाएर आफू उम्किका छन्।

घरमा कार्यवाहक तथा प्रवक्ता राखेको र आफू मन्त्रालयमा नभएको बेला त्यसो गरेको उनको दाबी छ। ‘घरमा त त्यसरी बसेको ठिकै हो। तर, मन्त्रालयमा त भएन नि !’ उनले भने, म बाहिर थिएँ। उसले त्यसो गरेको रहेछ, झाप्पु लगाएर कामबाट निकालिसकें।’

मन्त्राी मनाङेले आफूले राम्रो काम गरेका कारण धेरैको आँखा लागेको समेत दाबी गरेका छन्। ‘पहिले यो मन्त्रालयको पैसा सब जाँडरक्सीमा जाने रैछ। म आएपछि खेलकुदमै छुट्याएपछि धेरैको आँखा लागेको छ,’ उनले भने, ‘एमालेले मन्त्रालयमा धेरै आँखा लगाइराख्छ।’

मन्त्रीकै कार्यकक्षमा कानुन विपरीत मनाङेका सहयोगी रोनित, मन्त्रालयमा कार्यवाहक एवं प्रवक्ताको नेमप्लेट राखेर बसेको खबर सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत तत्काल कार्यवाहक हटाउन मन्त्री मनाङेलाई निर्देशन दिएका थिए।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल