Logo

मनोरञ्जन

नायिका कंगनाको पद्मश्री सम्मान फिर्ता लिन माग, उच्च नेताले नै यसरी पोखे आक्रोश



एजेन्सी- बलिउड नायिका कंगना रनोटले देशको स्वतन्त्रताका लागि दिएको बयानमाथि विवाद बढ्दै गइरहेको छ। शुक्रबार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा महाराष्ट्र सरकारमा मन्त्री नवाब मलिकले आफ्नो दैनिक पत्रकार सम्मेलनमा कंगनामाथि निशाना साँधेका छन्।

मलिकले नायिकाबाट पद्मश्री पुरस्कार फिर्ता लिएर उनीविरुद्ध मुद्दा दर्ता गर्न माग गरेका छन्। मलिकका अनुसार कंगनाले ती स्वतन्त्र संग्राम सेनानीको अपमान गरेकी छिन् जसले देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान दिएका छन्।

क)गनाले मलाना क्रिम (हिमाचली ड्रग) को ओभरडोज लिएर यस्तो बयानबाजी गरिरहेको मलिकले आरोप लगाएका छन्।

के हो मलाना क्रिम ?

हिमाचल प्रदेशको कुल्लू जिल्लामा मलाना घाटीबाट आउने चरेस वा गाँजालाई मलाणा क्रिम भनिन्छ। चरेसलाई हिमाचल प्रदेशका स्थानीयले भाङ पनि भनिन्छ। यसलाई गाँजाको बोटबाट निकालिन्छ।

यो बोट प्राकृतिक रुपमा नै उम्रन्छ र यहाँ यसको अवैध खेती पनि गरिन्छ । यहाँ एउटा एक्लो गाउँ छ – मलाना। यहाँ गाँजाको बोटबाट निकालिने तत्व चिल्लो क्रिम जस्तो हुन्छ त्यसैले यसलाई मलाना क्रिम भनिन्छ। राज्यका अन्य भागमा पाइने चरेस यस्तो हुँदैन।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल