Logo

मनोरञ्जन

कति थियो सुशान्त सिंह राजपूतको सम्पति?



एजेन्सी-टेलिभिजनबाट करिअरबाट शुरु गरेका अभिनेता सुशान्त सिंह राजपूत पछिल्लो समय ठूलोपर्दामा आफ्नो अब्बल अभिनयका कारण चर्चा कमाइरहेका थिए।

१९८६ जन्म २१ जनवारीमा बिहारको पटनामा मध्यमवर्गीय परिवारमा जन्मिएका सुशान्त जीवनमा धेरै संघर्षपछि वलिउडमा स्थापित भएका हुन्।

उनको परिवार विहारको पूर्णियामा खेती किसानी गर्छन्। उनीकी बहिनी मितु सिंह क्रिकेटको राष्ट्रिय खेलाडी हुन्। सुशान्तले आफ्नो ईन्जिनियर अध्ययन पुरा गरि अभिनय क्षेत्रमा प्रवेश गरेका थिए।

उनले ब्याकअप डान्सरको रुपमा काम गर्दै कलाकारिताको सुरुवातमा गरे। उनले ‘किस देश मे है मेरा दिल नामक टेलिभिजन श्रृङ्खलाबाट अभिनयमा पाइला टेके।

त्यसपछि उनले अर्को टेलिभिजन श्रृङ्खला ‘पवित्र रिशता’मा अभिनय गर्ने मौका पाए। उक्त शृङ्खलाले उनको परिचय थपिदियो। त्यसपछि आम दर्शकको मनमा बस्न सफल भए। जीवनमा धेरै संघर्ष र दुख गरेर अगि बढेका उनीले कमाउन पनि निकै कमाएको पाइन्छ।

सुशान्त सिंह राजपूतको सम्पति कति थियो?

आफ्नै निवासमा आ,त्मह-त्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको खुलेको छ।

५९ करोड भारु बराबरको सम्पत्तिका मालिक अन्तरिक्ष प्रेमी थिए। उनी अधिकांश समय सूर्य ,चन्द्रमामा, नक्षत्र ग्रह जस्ता ब्रम्हान्डिय वस्तुहरुबारे कुरा गरिरहन्थे।

घन्टौ आकास नियाल्ने बानी भएका उनीसँग निकै महंगो टेलिस्कोप पनि थियो। कपिल शर्माको शो मा “छिचोरे” को प्रचार गर्न आएको बेलामा उनले आफुसँग टेलिस्कोप भएको कुरा स्वीकार गरेका थिए।

मोटर साइकल भनेपछि हुरुक्कै हुने उनीसँग स्टाइलिस बिएमडब्ल्यु के १३०० आर मोटरसाइकल लक्जरी स्पोर्टस कार मासेरटी क्वात्रोपोर्ते र ल्यान्ड रोभर रेन्ज रोभर सभ पनि थियो।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल