Logo

स्वास्थ्य

तपाईलाई जाडोको अनुभव भएको हो ? न्यानो रहनलाई खानुहोस् यी खानेकुरा



काठमाडौं –जाडोको समयमा हामीले खाने खानेकुराले पनि शरीरलाई न्यानो पार्नका लागि सहयोग गरिरहेको हुन्छ। जाडो मौसममा रोग प्रतिरोधी क्षमता बढाउनका लागि पनि त्यस्ता खानेकुराले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। जाडो मौसममा शरीर न्यानो पार्नका लागि यी खानेकुराहरुको प्रयोग उपयुक्त हुन्छ।

सागपात

जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो। यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ।

गाजरबाट बनाइएका परिकार

जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउँदा, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ।

तातो भोजन

जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ। यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरीक अंगलाई फाइदा समेत पुर्याउदछ।

भुटुनमा तोरी तेल

म मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ।

पर्याप्त तरल पदार्थ

जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ। विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुदैन।

आलस र तिल

शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ। आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ।

काजु, पिस्ता र बदाम

काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ। अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।

अदुवा, बेसार

सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ।

चिकेन सुप

यदि तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ। कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ। यसले रुघाखोकी समेत निको पार्छ।

जौ, गहुँ र फापर

जाडोमा भात खानु उपयुक्त मानिदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ। जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो। यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन्।

लसुन

चिसो भगाउन लसुनलाई निकै राम्रो मानिन्छ । साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ। लसुनको सेनव गर्दा भाइरससंग लड्न समेत मद्दत गर्छ।

मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ। मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउ“छ।

चिया

जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायक हुन्छ।

गेडागुडी तथा माछा मासु

जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन। साथै छाला रुखो हुनबाट समेत बचाउछ। यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ।

दुध तथा अण्डा

अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ। यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउछ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल