Logo

स्वास्थ्य

यस्ता छन् जाडोमा घाम ताप्नुका १० फाइदाहरु



काठमाडौं- जाडोयाममा प्रायजसो मानिसहरुलाई अलि धेरै खानेकुरा रुच्छ। त्यसमाथि कामको व्यस्तताले घामको अनुहार नदेखेकाहरु पनि घाम ताप्छन्।

नेपालमा अहिले चिसो मौसम भएको कारणले धेरैले घाम ताप्दै सुन्तला बदाम खाएर जाडो महिना कटाउने गर्दछन। जाडोमा घाम सबैलाई प्यारो हुन्छ तर, कतिपय चाहेर पनि घाममा बस्न पाउँदैनन्।

त्यस्ता व्यक्तिले जाडोमा केही समय छुट्याएरै घाममा बस्नु उचित हुन्छ। जाडो महिनाको बिहानी वा दिउँसोको घामले चिसो हटाएर शरीर न्यानो मात्र बनाउँदैन कैयौँ प्रकारका स्वास्थ्य समस्याबाट समेत बचाउँछ।

यस्ता छन् घाम ताप्नुका फाइदा

१)सूर्यको किरणमा भिटामिन डी पाइन्छ। हड्डि बलियो बनाउछ। भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ।

२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ। जसले निद्रा लगाउछ।

३) घाममा बस्नाले तौल पनि कम हुने अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र बीएमआइ बिच सम्बन्धन भएको अध्ययनले देखाएको हो।

४) चिसोबाट लाग्ने रोगबाट बचाउँछ।

५) सूर्यबाट निस्कने अल्ट्रावायलेट किरणले इम्युन सिस्टम मजबुत बनाउँछ।

६) घाममा बस्दा रगत जम्नबाट बचाउँछ। सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।

७) पुरुषलाई बाँझोपन हुनबाट बचाउँछ। सूर्यको किरणले शुक्राणुको क्षमता बढाउँछ। टेस्टोस्टोरन हम्रोन पनि बढाँउछ। जसले यौन सक्रियता बढाउँछ।

८) सूर्यको किरणमा पाइने भिटामिन डीले दिमाग स्वस्थ राख्न मद्धत गर्छ। भिटामिन डीले मानसिक अवस्था स्वस्थ राख्न मद्धत गर्छ।

९) गर्भवती महिला घाममा बस्दा पेट भित्रको बच्चालाई पनि फाइदा हुन्छ।

१०) सूर्यको किरणले मधुमेह र मुटुरोगबाट बचाउँन मद्धत गर्छ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल