Logo

मनोरञ्जन

प्रियंका चोपडाको इन्गेजमेन्ट औंठीको मूल्य नै यति महँगो, आलिशान घर नै किन्न सकिने



एजेन्सी– अभिनेत्री प्रियंका चोपडाको विवाह कति शानदार तरिकाले भएको थियो, यो त सबैलाई थाहा छ। विवाहको पहिरनदेखि औंठीसम्म प्रियंकाले निकै महँगा सामान लगाएकी थिइन्। हालै एक अन्तरवार्तामा प्रियंकाले उनको इन्गेजमेन्ट गर्दाको औंठीको मूल्य २.१ करोड भारु भएको बताएकी थिइन्। अन्तरवार्तामा प्रियंकालाई उनको सबैभन्दा मूल्यवान गहना कुन हो भनेर सोधिएको थियो।

प्रश्नमा जवाफ दिने बेलामा उनले हाँस्दै भनेकी थिइन्, ‘यदि मैले मेरो इन्गेजमेन्टको औंठीको नाम लिइनँ भने मेरा श्रीमान् निक जोनसले मलाई मार्नेछन्। हुन त यो औंठीसँग मेरा थुप्रै याद जोडिएका छन्, त्यसैले पनि म यसैको नाम लिन चाहन्छु।’

रिपोर्टका अनुसार निक जोनसले आफ्ना साथीको मद्दतले प्रियंकाका लागि औंठी लिएका थिए। प्रियंकाले आफ्नो इन्गेजमेन्टको औंठी टिफनीको हुनुपर्छ भनेको निकले सुनेका थिए।

योसँग उनको पिताको निकै गहिरो सम्बन्ध पनि भएको निकले बताए। उनले भने, ‘प्रियंकालाई विवाहको प्रस्ताव राख्ने सोच बनाएपछि मैले आफ्नो साथीलाई तत्काल बोलाएँ र टिफनी स्टोरमा गएर उनका लागि औंठी छानेँ।’

उक्त अन्तरवार्तामा प्रियंकालाई अन्य प्रश्न पनि सोधिएको थियो। उनलाई ‘तपाईंका लागि ‘स्वर्ग’ के हो’ भनेर सोधिएको प्रश्नलाई उनले निकै सुन्दर तरिकाले जवाफ दिइन्। उनले भनिन्, ‘मेरा लागि स्वर्ग मेरो घर हो। यहाँ मेरा परिवारका सदस्य र साथी सबैसँग बस्न सक्छु । ’

प्रियंकालाई आफ्नो घरमा बस्न मनपर्छ। उनी साथीहरुसँग घरमा रमाइलो गरेका थुप्रै तस्बिर सोसल मिडियामा साझा गर्छिन्। प्रियंकाले आफ्नो नयाँ घरमा आफ्नो पहिलो दिवाली मनाएकी थिइन्। यसको फोटो र भिडियो उनले इन्स्टाग्राममा पनि सेयर गरेकी थिइन्। प्रियंकाको नयाँ घर लस एन्जिलिसमा छ जुन निकै शानदार र विलासी छ।

प्रियंका चोपडा र निक जोनसले सन् २०१८ मा प्रेम विवाह गरेका थिए।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल