Logo

विश्व

कुकुरहरु किन गाडीको पछाडि भुक्दै दौडिन्छन्? यस्तो छ कारण



एजेन्सी- कुकुर सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ। त्यसैले कुकुरले जनावरहरुमा सबैभन्दा धेरै मानिसको माया पाउन सफल भएको छ र भाग्यमानी कुकुरहरु दुनियाका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जिवनशैली बाँचिरहेका छन्।

आफ्नो स्थलिय अधिकार स्थापित गर्नका लागि कुकुर रुख, स्तम्भ, भित्ता आदिमा पिसाव फेर्ने गर्दछ। ऊ चाहन्छ उसको एरियामा अरु कुकुरहरु आधिपत्य जमाउन नआउन।

त्यसैले कुकुरहरु एउटाको एरियामा अर्को प्रवेश गर्दैनन। यदि प्रवेश गर्ने कोशिष गरेमा उनिहरुविच झगडा हुन्छ। प्रायः गाडी गुड्दा कुकुरहरु किन गाडीको पछाडि भुक्दै दौडिन्छन् ? मानौँ उनीहरु गाडीमाथि आक्रमण नै गर्दैछन्।

गाडीको पछाडि भुक्दै दौडिनुम यस्तो छ कारण

प्रायः कुकुरहरुले रोकिएको गाडीको टायरमा पिसाब गरेर आफ्नो इलाका तय गर्छन्। यसरी आफ्नो सिमानाको रुपमा रहेको गाडी गुडेर जाँदा कुकुरहरुले आफ्नो सिमाना कसैले खल्बलाइदिएको र आक्रमण गर्न थालेको अनुभव गर्छन्।

जसलाई कुकुरले सहन सक्दैन र गाडीहरुको पछि दगुर्छन्। कुकुरहरुको अर्को अनौठो स्वभाव पनि के छ भने उनिहरु पिसाव गर्नुभन्दा अघि सुँघेर गर्छन ताकि त्यो एरिया यस अघि अरु कसैको एरिया नहोस।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल