Logo

मनोरञ्जन

किन मिडियाबाट भाग्दै छन् शाहरुख खान?



काठमाडौं- बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ला,गुपदार्थ प्रकरणमा जे,ल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छन्।उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन्।

आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिएको थियो। तर उनी यसबीचमा क्यामेराबाट लुकेर गए। कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन्।

भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारमा बसेर गइरहेका छन्। शाहरुख खान कसैले उनको तस्बिर खिचोस् भन्ने चाहाँदैनन्। त्यसैले उनले आफ्नो सेक्युरिटी गार्डलाई छाता ल्याउन लगाए। उनी छातामा छेकिएर गाडीमा गएको भिडियोमा देखिन्छ।

तर, उनीसँग अरु को–को थिए भन्ने पत्ता नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो भन्दा अगाडी उनको जन्म दिनमा पनि खान आफ्ना फ्यानहरुसंग नभेटी आफ्नो जन्म दिन मनाएका थिए।

उनी यसरी नदेखिनुको कारण भनेको आर्यनको नै कारण भएको भारतीय मिडियाले जनाएको छ। मिडिया रिपोर्टका अनुसार शाहरुख खानलाई अन्तरवार्ताका लागि विदेशी मिडियाहरुले सम्पर्क गरेका थिए।

सबै शाहरुख खानका छोराको बारेमा जान्न चाहान्थे। तर, शाहरुख खानले सबैलाई कुराकानी गर्न अस्वीकार गरिदिए।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल