Logo

धर्म

के रावणसँग साँच्चै थियो पुष्प विमान ? यस्तो छ रोचक तथ्य



काठमाडौं – भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ। रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो।

सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन्।

प्राचीन विमान दुई किसिमका थिए : मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे।

ऋग्वेदमा कम्तीमा पनि २०० चोटि विमानहरूको चर्चा भेटिन्छ। तिनमा तीनतल्ले, त्रिभुज आकारको तथा तीनवटा चक्का भएको विमान अश्विनीकुमार अर्थात् देववैज्ञानिकहरूले बनाएको उल्लेख छ। त्यस्ता विमानमा साधारणतया तीन यात्री चढ्न सक्थे।

विमान निर्माणका लागि सुन, चाँदी र फलाम प्रयोग गरिन्थे र तिनीहरूको दुवैतिर पंख हुन्थे । वेदमा विमानका आकारप्रकार उल्लेखित छन्। अग्निहोत्र विमानका दुई इन्जिन अनि हस्ती विमानमा दुईभन्दा बढी इन्जिन हुन्थे । विशाल पक्षजस्तो देखिने विमान पनि थिए।

यजुर्वेदमा पनि अर्को विमान र त्यसको सञ्चालन प्रक्रियाको उल्लेख पाइन्छ। त्यो विमान पनि अश्विनीकुमारले गरेका हुन्। विमानको प्रयोग गरेर उनीहरूले राजा भुज्युलाई समुद्रमा डुब्नबाट बचाएका थिए।

सन् १८७५ मा भारतको एक मन्दिरमा विमानिका शास्त्र भेटिएको थियो। यो ग्रन्थ इसापूर्व ४०० मा रचिएको मानिएको छ र यसलाई ऋषि भारद्वाजले रचेको मानिन्छ। यसको अनुवाद अंग्रेजी भाषामा भइसकेको छ।

यो ग्रन्थमा पूर्ववर्ती ९७ विमानाचार्यहरू तथा २० वटा कृतिको वर्णन पाइन्छ। ती कृतिमा विमानका आकारप्रकारको विस्तृत जानकारी पाइन्छ। यी अमूल्य कृतिहरू नष्ट भइसकेका छन्।

कृतिमा विमान सञ्चालनको बारेमा जानकारी, उडानको समयमा सुरक्षाको जानकारी, तुफान र बिजुलीको आघातबाट विमानको सुरक्षा उपाय, सौर्य ऊर्जाको प्रयोग लगायतका विषयमा त्यसमा अटाएका छन्। कथासरित्सागर र कौटिल्यको अर्थशास्त्रमा पनि विमानका विषयमा उल्लेख पाइन्छ।

त्यसैले रामायणमा रावणको पुष्पक विमानको चर्चा कोरा कप्लना होइन। रावणले प्राचीन ग्रन्थहरूको अध्ययनबाट विमान बनाउन सिकेको हुनुपर्छ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल