Logo

मनोरञ्जन

किन माग्यो सुशान्त सिंह राजपूत प्रकरणमा सिबिआईले अमेरिकाको मद्दत ?



काठमाडौं- अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु १४ जून सन् २०२० मा मुम्बईको बान्द्रास्थित उनको घरमा भएको थियो। यो घटनाले विश्व भरिका उनका फ्यान सहित बलिउड पनि दुखित भएको थियो।

तर उनको मृत्यु भए पछि उनका प्रसंशकले कसरी मृत्यु भयो भनेर खोजि गरेपछि उनको कारण बलिउडका धेरै ठुला ठुला कलाकार ड्रगस केसमा परे पछि उनको मृत्युको रहस्य अर्कै बन्यो।

त्यस पछि सीबीआईले धेरै अनुसन्धान गरेपछि अहिले अनुसन्धानका लागि अमेरिकाको मद्दत माग गरेको छ।​ सीबीआईले सुशान्त सिंह राजपूतको सोसल मिडिया अकाउन्ट्स र इमेलका डिलिट गरिएको डाटा फिर्ता पाउनका लागि अमेरिकी कम्पनी गुगल र फेसबुकलाई मद्दत गर्न आग्रह गरेको छ।

ताकि अतितमा मृत्युसँग सम्बन्धित यदि कुनै सुराग भेटिए त्यसबारे थाहा पाउन सकियोस्। अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले यसबारे सूचना भएका मानिसहरुबाट पाएको जानकारीको आधारमा यो खबर दिएको हो।

सुशान्त सिंहको मृत्युपछि उनका पिता केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनको परिवारविरुद्ध पटनामा ऊजुरी दर्ता गराएका थिए।

उनीमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाइएको थियो। सुरुमा यसबारे मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको थियो। तर अगस्ट २०२० मा सर्वोच्च अदालतको आदेशमा अनुसन्धान सीबीआईलाई सुम्पिइएको थियो।

सुशान्त सिंहको मृत्युको मामिलामा उनकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीसहित उनको परिवारमाथि आरोप लगाइएको थियो। यद्यपि, रिया चक्रवर्तीले यी सबै आरोपलाई गलत बताएकी छिन्।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल