Logo

समाज

रक्षा नेपालका ७० जना चेलीहरूले यसरी मनाए तिहार, भाइटीकाको उल्लाससँगै बदलियो माहोल (फोटोफिचर)



काठमाडौं – रक्षा नेपालमा संरक्षित ७० जना चेलीहरूले दीपावली पर्व विशेष उल्लासका साथ मनाएका छन् । शनिबार रक्षा नेपालका मुख्यालयमा भाइटीका लगाएर तिहार पर्वको खुशी साटिएको हो ।

काभ्रेका सामाजिक अभियन्ता तथा नेपाली सेना एनसीसीएका प्रमुख सल्लाहकार निगम हुमागाईंले रक्षा नेपालमा संरक्षित ७० जना चेलीहरूसँग भाइटीका लगाएका छन् ।

सामाजिक अभियन्ता हुमागाईंलाई भाइटीका लगाइदिएका ७० चेलीमध्ये २० वर्षीया एक चेलीले पनि छिन्, जसले आफ्नै कोखबाट जन्मिएको व्यक्तिबाट आफू हिंसामा परेर रक्षा नेपालको संरक्षणमा आइपुगेकी छिन् ।

तर, आज आफूले कहिले नभेटेको नदेखेको एक जना दाजुले यति धेरै सम्मान र स्नेहका साथ आफूलाई पुजेको क्षण उनी भावविह्वल भइन् ।

निगमले पुजेका ७० चेलीमध्येकी १२ वर्षकी एक बालिकाले भनिन्, ‘टीका, माला र मिठाई दिएपछि निगम दाइले मेरो हातमा एक हजार रुपैयाँ दक्षिणा राखिदिनु भएको थियो, मैले त त्यो पैसा मेरा लागि दिनु भएको हैन होला, झुक्किएर मलाई परेको होला भन्ने ठानेको त सबैलाई उहाँले एक–एक हजार पो दिनु भएको रहेछ! मैले त आजसम्म टीका लगाएर एक हजार कोहीबाट पनि पाएकी थिइनँ, उहाँले दिएको यो हजारको नोट जतन गरी राखिरहने छु र ठूलि भएपछि प्रयोग गर्नेछु ।’

३२ वर्षीय हुमागाईंको घर काभ्रे जिल्लाको दाप्चा हो । उनले आफ्ना चेलीहरू नभएकाले पनि रक्षा नेपालमा तिहार मनाएको बताए ।

‘आमाकै गर्भबाट जन्मिएका मेरो बहिनी छैनन्, आफ्ना दिदी–बहिनी नभएकाले होला, सायद मलाई चेलिबेटी धेरै नै मन पर्छ, मेरो ठूलो बुवाको छोरीहरूबाट भाइटीका लगाउँथे। मलाई दिदीबहिनीको अभाव त कहिले खड्किएको छैन, तर रक्षा नेपालमा संरक्षित ‘जीवित देवी’ स्वरुप बहिनीहरूबाट भाइटीका थाप्ने वर्षौदेखिको रहर बल्ल आज पूरा भयो,’ उनले भने ।

७० जना बहिनीहरूलाई वरिपरि राखेर तिहार मनाउन पाउँदा आफूलाई निकै भाग्यमानी दाइको अनुभूति भएको अनुभव उनले सुनाए ।

‘रक्षा नेपालमा संरक्षित बहिनीहरूसँगको यो नाता आज एक दिनका लागि मात्रै हैन, जीवनभरि यी बहिनीहरूको असल दाइको रुपमा आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्ने छ,’ उनले भने ।

सामाजिक अभियन्ता हुमागाईंले नेपाली स्वाभिमान र अखण्ड नेपालको बारेमा ४ वर्ष अगाडि आर्मी अफिसर्स् क्लबमा दिएको मन्तव्यले निकै प्रशंसा बटुलेको थियो ।

प्रकाशित : २० कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल