Logo

मनोरञ्जन

आज ४८ औं जन्म दिन मनाउदै ऐश्‍वर्य, यसरी आएकी थिइन् बलिउडमा



विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन सर्वाधिक आकर्षक महिलाको सूचीमा पर्छिन्। उनको सुन्दरताको बखान सर्वत्र गरिन्छ। तिनै सुन्दरताकी खानिको ऐश्‍वर्यको आज जन्म दिन परेको छ।

जन्मदिन उनले धुम धामसंग आज मनाइरहेकि ऐश्‍वर्य ४८ वर्ष पुगेकी छन्। सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन्।

‘विश्व सुन्दरी’ को ताज पहिरिएकी सुन्दरी ऐश्वर्या रायमा भएको उदारता र जागरुकता फैलाउने सोचका कारण नै उनी विश्व सुन्दरी बन्न सफल भएको उल्लेख गरिन्छ।

ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा दिएको प्रश्नको जवाफ नै यति मिठो थियो कि उनलाई ताज समेत त्यहि कारण मिल्यो। ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ।

तर, यो गलत बिषय हो। सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो। तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन्।

कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन्। त्यसपछि उनको कोक, फुजी र पेप्सीको विज्ञापन आयो।

यहि बात उनको चलचित्र यात्रा शुरु भएको थियो। सन् २००७ मा बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चन बैवाहिक बन्धनमा बाधिए। त्यस बेला विवाहको चर्चा निकै चल्यो।

अहिले पनि ऐश्वर्या र अभिषेकको उत्तिकै चर्चा हुने गरेको छ। उनीहरुको विवाह भएको १४ वर्ष भइसक्यो। उनीहरुकी एक छोरी आराध्या बच्चन छिन्। एजेन्सी

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल