Logo

मनोरञ्जन

यसरी भाइरल भएको थियो ‘चोक तिर हो…केटा हो चोक तिर’



काठमाडौं– सामाजिक सञ्जाल यस्तो प्लाट फर्म हो जसले गर्दा यहाँ एकै छिनमा कसैलाई हिरो बनाइदिन्छ त कसैलाई जिरो। पछिल्लो समय सामाजिक संजालमा एउटा बोली निकै भाइरल रहेको छ।

सामाजिक संजाल टिकटक तथा फेसबुकमा भाइरल भएको त्यो वाक्या हो `कता हो केटा हो ? चोक तिर केटा हो चोक तिर´। यहि बोलेको एक भिडियो सामाजिक संजाल टिकटकमा पोस्ट भए पछि त्यसले धेरै नै चर्चा पाएको छ। यहि बोलीले गर्दा मान बहादुर अहिले सबैका प्रिय पात्र बन्न पुगेका छन्।

यसरी भयो चोक तिर भाइरल

अहिले टिकटकमा चोक तिर भन्ने भाइरल भएर यसको सानु अंश त गित नै निस्की सकेको छ। यो वाक्य अहिले फेसबुकको स्टाटसहरुमा पनि यो वाक्य थुप्रै देखिने गरेको छ।

त्यही वाक्य सर्वप्रथम टिकटकमा बोलेर भिडियो पोस्ट गर्ने ब्याक्ती हुन चितवन जिल्लाको गड्यौलीका मनबहादुर। मनबहादुरलाई उक्त वाक्य बोल्न भने उनका एक जना साथी गणेशले लगाएका थिए।

युट्युबका लागि खिचेको उक्त भिडियो अन्त्यत टिकटकमा भाइरल बन्यो। स्पष्ट रुपमा बोल्न नसक्ने मनबहादुर र उनकी भिडियो खिच्ने गणेश एकै ठाउँका बासिन्दा हुन।

उक्त भिडियो खिच्नु भन्दा अगाडि आफू खेत जाँदै गर्दा मनबहादुर गड्यौली चोकमा भेटिए। आफ्नो बाइकमा बसाएर लादै गर्दा मनबहादुरले मोबाइल चलाउन मागे पछि आफुले मोबाइल दिएर भिडियो बनाउ वरपर तिर देखाउँदै बोल्दै भिडियो बनाउ भनेर मोबाईल दिए पछि उनले उक्त वाक्यको भिडियो बनेको थियो।

जसलाई सारा नेपालिले मन पराएको छन्। उनलाई मोबाइल दिएर भिडियो बनाउ भने पछि मनबहादुरले फाल्टै जोसका साथ चोक तिर केटा हो चोक तिर भन्दै भिडियो करिब १५ मिनेट जतिको बनाएको गणेशले बताए।

आफुले प्राय मनबहादुरलाई लिएर कतै न कतै गुमाउने गरेको भएता पनि त्यो दिन भेटेर बनेको भिडियोले भने अहिले चर्चा पाएको छ। अहिले मान बहादुर एक भाइरल सेलिब्रेटी भएका छन्।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल