Logo

राजनीति

इजलासमा बसे प्रधानन्यायाधीश



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन्।प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ।

महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो। सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो। न्यायालयमा पछिल्लो समय देखिएको विवादका क्रममा सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै आएका छन्।

न्यायालयमा पछिल्लो समय देखिएको विवादका क्रममा सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै आएका छन्।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल