Logo

राजनीति

अनेरास्ववियुको उद्घोष, ‘पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष’



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगाई बढ्न जाने बताउँदै सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले शनिबार विज्ञप्ति जारी गरी हालै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, एलपी ग्यासमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेकी हुन् ।

‘जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मर्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ,’ बरालले विज्ञप्तिमा भनेकी छिन्, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरूप्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ ।’

आफूहरूका मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रमहरू अघि सार्ने व्यहोरा समेत जानकारी गराउन अनेरास्ववियुले चेतावनी दिएको छ ।

हेनुहोस् अध्यक्ष बरालले जारी गरेको विज्ञप्ति

राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु शैक्षिक अन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक क्रियाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगै विद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविष्य निर्माणका निम्ति समेत सदैव क्रियाशील रहेको संगठन हो ।

हालै मात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, एल।पी ग्यासको मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौं । हाम्रा मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रमहरु अघि सार्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौ ।

प्रचण्डको घर घेर्ने चेतावनी किन दिए डा. केसीले ?

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल