Logo

विश्व

कुनै पनि फिल्ममा भिलेनले बोक्न पाउँदैनन् आइफोन, यस्तो छ एप्पल कम्पनीको नियम



काठमाडौं – विश्व बजारमा लोकप्रिय आइफोनको नयाँ नयाँ सिरिज वर्षेनी आइरहेको छन्। अमेरिकी कम्पनी एप्पलले आइफोनको उत्पादन गर्दछ। आइफोनको गुणस्तर अन्य फोनहरुको तुलनामा राम्रो हुन्छ।

दुनिँयामा यसलाइ महङ्गो फोनको रुपमा चिनिन्छ। यस फोनको महत्वपूर्ण पक्ष भनेको यसरको सुरक्षा प्रणाली हो। आईफोनको सेक्युरिटी सिस्टम एन्ड्रोइडकोभन्दा राम्रो र भरपर्दो छ।

आइफोनको डिजाइन, हार्डवेयर र सफ्टवेयरले पनि यसलाइ अझै गुणस्तरीय बनाएको छ। त्यहि कारणले गर्दा यो एउटा सबै भन्दा ठुलो र राम्रो कम्पनीका रुपमा स्थापित भएको छ।

त्यही भएर कुनै पनि चलचित्र विज्ञापनमा यसको प्रयोग गर्न पुर्ण रुपमा छुट छ । तर नकारात्मक प्रभाव पर्नु भएन। यसको मतलब कि कुनै फिल्मको भिलेन (गुण्डा)ले बोक्न पाउँदैन।

यस्तो छ कारण

अरु कम्पनीका प्रोडक्टहरुलाई कुनै पनि पर्दामा देखाउनु पर्यो भने त्यसको अनुमति पत्र सम्झौता पत्र माग्नु पर्ने हुन्छ। तर यस एप्पललाई त्यस्तो केही गर्नु पर्दैन।

किनभने यसले बजारमा एउटा छुट्टै आफ्नु छाप बनाइ सकेको छ। एप्पल कम्पनीको आफ्नै छुट्टै कम्पनीका लागि तयार भएको कानुन छ जसले भिलेनलाई होस् वा नेगेटिभ प्रकारको पात्र कसैलाई पनि फोन युज गर्न अनुमति दिएको छैन।

किनभने यस कम्पनीलाई थाहा छ कि जब एउटा विज्ञापनका कारण एउटा प्रोडक्टमा निकै असर गर्छ र बजार भाउ र बिक्री दर घट्छ भनेर त्यसैले यो प्रयोग गर्न नदिएको हो।

यदि कसैले गरेमा त्यसलाई कानुन लाग्ने छ। त्यसैले कुनै पनि फिल्म वा विज्ञापनमा देखाउनु परेमा कुनै पनि नराम्रो असर नपर्ने गरि वा त्यसमा फिल्म वा विज्ञापनमा भएको नकारात्मक चरित्रको भूमिका गरेको व्याक्तिले भने बोक्न पूर्ण रुपमा प्रतिबन्ध छ।

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल