Logo

स्वास्थ्य

कोभिड–१९ खोप बालबालिकाका लागि सुरक्षित छ ? यस्तो छ विज्ञको सुझाव



काठमाडाैं – लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।

विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ।

यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिता बारे थप अनुसन्धान गरिरहेका छन्।

ती मध्ये ५ देखि ११ वर्षका बालबालिकालाई वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरिएको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ।

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा. म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने बताए जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औंल्याएका छन्।

केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निनेलगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताए। तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफैं निको हुने पनि विज्ञले बताएका छन्।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल