Logo

समाचार

एकै पटक बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य : कुन को कति ?



काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको निगमले जनाएको छ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरेको छ।

बढेको मूल्य अनुसार अब पेट्रोल, प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ।

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार पाँच सय रुपैयाँ पुगेको छ। यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल