Logo

मनोरञ्जन

आर्यनले प्रतिज्ञा गरेजस्तै के अब साँच्चै उनी असल बन्लान् ?



काठमाडौं – बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन्। आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान भैसकेका छन्।

अक्टोबर १४ मा क्रुजमा ड्र,ग्स पार्टी गरेको आरोपमा पक्राउ परेका उनले लगातारको प्रयासपछि पनि जमानत पाएका हुन्। काउन्सिलिङको क्रममा आर्यनले जेलबाट बाहिर निस्किएपछि आफू राम्रो मान्छे बन्ने बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

आर्यनसहित पक्राउ परेका ८ जनालाई नै काउन्सिलिङ गराइएको थियो। एक एनसीओका कर्मचारीले उनीहरुलाई काउन्सिलिङ गराएका थिए। यसबाहेक समीर वानखेडेले पनि आर्यनलाई काउन्सिलिङ गराएका थिए।

जसमा आर्यनले आफूले अब उत्तम मानिस बनेर देखाउने वाचा गरेका थिए। यसबाहेक आर्यनले समाजमा रहेका कमजोर मानिसहरुलाई सहयोग गर्ने पनि बताएका थिए।

अब के उनि साच्चीकै असल बन्लान त ? यो प्रश्न अहिले सबैको मनमा उब्जेको प्रश्न हो। र यसको उत्तरको लागि हामि सबैले केहि समय भने पर्खिनु नै पर्ने छ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल