Logo

मनोरञ्जन

आर्यन खान जेलबाट छुटेपछि ढोल बजाएर घरमा भव्य स्वागत



काठमाडौं – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन्। आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान भैसकेका छन्।

शाहरुख् खान आफ्नो छोराको स्वागतका लागि भब्य तयारी गरेका छन्। आज शाहरुख खानको छोरा आर्यनको मन्नतमा भव्य स्वागत हुनेछ। उनले आफ्नो बंगला मन्नतलाई झिलिमिली पारेर सजाएका छन्।

शाहरुख खानको मन्नत निलो रङका बत्तीले सजाइएका छन्। झिलीमिली बत्ती छतदेखि नै लगाइरहेको देख्न सकिन्छ। छोरा पक्राउ परेदेखि अत्यधिक तनावमा रहेकी गौरी खान छोरालाई घरमा नै प्रतीक्षा गरिरहेकी छिन्।

शाहरुखकी मित्र तथा अभिनेत्री जुही चावला आर्यनका नाममा जमानती बनिसकेकी छिन्। उनले सेशन कोर्ट पुगेर कागजातमा हस्ताक्षर गरेकी हुन्। उनि रिहा हुने भने पछि आज जेल बाहिर बिहानैबाट पत्रकार र साथिभाइ भेला भएका थिए।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल