Logo

मनोरञ्जन

पहिलो पटक इन्ष्टाग्राममा प्रेमी सिद्धार्थको भिडियो शेयर गर्दै शेहनाजले लेखिन यस्तो स्टाटस (भिडियोसहित)



काठमाडौं – सेप्टेम्बर २ मा टेलिभिजनका ह्याण्डसम हंक सिद्धार्थ शुक्लाको असमायिक निधन भएको थियो । उनको निधन टेलिभिजन दुनियाँका लागि एकदमै आश्चर्यजनक र पत्याउनै नसक्ने घटना थियो ।

उनको निधनका कारण सबैभन्दा बढी धक्का उनको एकदमै नजिककी साथी शेहनाज गिललाई लागेको थियो । सिद्धार्थको निधनले शेहनाजको हृदय टुक्रा टुक्रा पारिदिएको थियो ।

शेहनाजले २ सेप्टेम्बर पछि सामाजिक सञ्जालमा कुनै पोष्ट गरेकी थिईनन् । उनको हालै रिलिज भएको चलचित्रको समेत उनले सामाजिक सञ्जालमा कुनै पोष्ट गरेकी थिईनन् । तर अब २ महिना पछि शेहनाजले सामाजिक सञ्जालमा पहिलो पोष्ट गरेकी छिन् ।

इन्ष्टाग्राम मार्फत शेहनाज सामाजिक सञ्जालमा फर्किएकी हुन् । उनले आफ्नो पहिलो पोष्ट खास दोस्त सिद्धार्थ शुक्लाको नाममा समर्पित गरेकी छिन् । उनले आफ्नो साथी सिद्धार्थ शुक्लाको नाममा ऋँज् १२ बजे श्रद्धाञ्जली दिने पोष्ट मार्फत जानकारी दिएकी हुन् ।

उनले सिद्धार्थ शुक्ला संगको पुरानो हाँस्दै गरेको फोटो शेयर गर्दै उक्त पोष्ट गरेकी हुन् । उक्त तस्बीर बिग बोस हाउसको रहेको छ । उक्त फोटोमा दुबै जनाले मस्ती गरिरहेको देख्न सकिन्छ ।

पोस्टरमा लेखिएको छ कि तिमि यहि छौ । फ्यानहरुको अनुमान छ कि उनले तु यहि है बोलको गीत रिलिज गर्न लागेकी छिन् । जुन गीतमा सिद्धार्थको यादहरु समेटीएका छन् ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल