Logo

शिक्षा

अनेरास्ववियुको चेतावनी, ‘चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकोभन्दा बढी शुल्क लिने शैक्षिक संस्थालाई कारबाही गर’



काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थाहरूलाई कारबा गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले विज्ञप्ति प्रकाशित गरी बढी लिएको रकम सम्बन्धित विद्यार्थीहरूलाई फिर्ता गर्न माग गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक संस्थाहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क विपरीत विभिन्न शीर्षकमा मनोमानी रुपमा विद्यार्थीहरूबाट बढी शुल्क उठाउने काम गरिरहेकोप्रति ध्यानाकर्षण भएको अध्यक्ष बरालले बताएकी छिन् ।

हेनुहोस् अध्यक्ष बरालले जारी गरेको विज्ञप्ति

राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक कृयाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै बिद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविश्य निर्माणका निम्ती समेत सदैव क्रियाशील रहेको संगठन हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको त्रिभुवन विश्वविद्यालय जहाँ लाखौ लाख गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुले अध्ययन गर्दछन जसमा सरकारले बर्षेनी करोडौंको बजेट विनियोजन गदर्छ। तर, विडम्बना त्रिभुवन विश्वविद्यालय अन्तरगतकै चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक संस्थाहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क बिपरीत विभिन्न शीर्षकमा मनोमानी रुपमा विद्यार्थीहरुबाट बढि शुल्क उठाउने काम गरिरहेको र सो सम्बन्धमा प्रयाप्त प्रमाण सहित विद्यार्थीहरुले पटक–पटक चिकित्सा शिक्षा आयोग, डिन कार्यालय लगाएतका सरोकारवाला निकायहरुमा छानविन र कारबाहीको लागी निवेदन पेश गर्दा पनि उक्त कार्यको अनुगमन गर्ने र दोषीलाई कारवाही गर्नुको साटो उल्टै चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिती २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाइदा पुग्ने गरी अत्याधिक मात्रामा शुल्क वृद्धि गरेको छ जसप्रति हाम्रो संगठनको गम्भीर ध्यानार्कषण भएको छ ।

हामी कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी विद्यार्थीहरुबाट शुल्क उठाउने कुराको साक्षी रहन सक्दैनौ । त्यसैले हालै मात्र चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगंजले गरेको शुल्क बृद्घि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढि शुल्क लिएका सबै शैक्षिक संस्थाहरुलाई अविलम्ब कारवाही सहित बढि लिएको रकम संबन्धित विद्यार्थीहरुलाई फिर्ता गर्न जोडदार माग गर्दर्छौ। अन्यथा पिडित विद्यार्थीहरुको न्यायका पक्षमा हामी कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौ र जसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयम् चिकित्सा शिक्षा अध्ययन संस्थान हुनेछ ।

हार्दिक अभिवादनसहित।

प्रचण्डको घर घेर्ने चेतावनी किन दिए डा. केसीले?

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल