Logo

विश्व

होटलमा १३ नम्बरको कोठा किन हुँदैन ? यस्तो छ यसलाई अशुभ मान्नुको कारण



काठमाडौं – विश्व जति नै आधुनिकतामा गए पनि पुराना कुरालाई मान्ने चलन अझै पनि छ। अझै एक संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ। त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन।

शुक्रबार १३ तारिख पर्‍यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन्। यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ। मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ।

यस्ता रहेका छन् कारण

तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ। यी कोडहरू त्यतिखेरका कानून हुन्। यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो।

अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ। यसको अगाडि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन्। यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ।

१३ चाहिँ अविभाज्य र अपरिमेय संख्या हो। कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ। जब कोहि अपराधीलाई पहिला फाँसी दिने गरिन्थ्यो त्यो समयमा फाँसी लाग्न जादाको जुन खुड्किला हुन्छ त्यो पनि १३ वटा नै हुने गर्थ्यो।

त्यस्तै विश्वका ठुला ठुला अपराधि मान्छे मार्ने ब्याक्ति ति ब्याक्तिको नाम पनि धेरै को १३ अंकको नै हुने गरेको थियो त्यसैले यसलाई अशुभ मानिएको भन्ने एक खालको चलन पनि छ। एजेन्सी

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल