Logo

मनोरञ्जन

विवाहको चर्चाबारे कटरिनाले दिइन् यस्तो जानकारी



काठमाडौं – बलिउड अभिनेत्री कटरिना कैफ पछिल्लोले विवाहको चर्चाबारे प्रतिक्रिया दिएकी छिन्। अभिनेता विक्की कौशलसँगको प्रेम सम्बन्ध रहेकी उनले विवाहको तयारी गरेको समाचारहरु बाहिररिएका थिए।बुधबार कटरिना र विक्कीको विवाहको तयारीको खबर एकाएक फैलियो।

समाचार भाइरल बनेपछि कटरिनाले आफै ती समाचारहरूको खण्डन गर्दै त्यसलाई ‘अफवाह’ बताएकी छन्। कटरिनाले बलिउड लाइफसँग कुराकानी गर्दै विवाहको खबरमा पूर्णविराम लगाएकी हुन्।

उनले सबै खबर बकवास भएको बताइन्। यस्तो खबर कहाँबाट आउँछ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई पनि यो प्रश्न ले पछिल्ला १५ वर्षदेखि सताइरहेको छ।’ रिपोर्टका अनुसार अहिले नै विवाह गर्ने उनको कुनै योजना छैन।

कटरिना र विक्कीको विवाहको खबर टाइम्स अफ इन्डियाले सबैभन्दा पहिले लेखेको थियो। रिपोर्टमा दुई जनाले विवाहको तयारी सुरु गरेको उल्लेख गरिएको थियो। स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको थियो, ‘दुवैले विवाहका लागि कपडादेखि सबै डिजाइन गर्न सुरु गरेका छन्। विवाह नोभेम्बर–डिसेम्बरमा हुने तयारी छ।’

केही महिनाअघि उनीहरुले इन्गेजमेन्ट गरेको समाचार पनि बाहिर आएको थियो। कटरिनाले सो समाचारलाई पनि अफवाह बताएकी थिइन्। उनीहरुले आलसम्म न आफ्नो प्रेमका विषयमा बोलेका छन् न विवाहको नै।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल