Logo

स्वास्थ्य

कुन ‘ब्लड’ ग्रुपले कस्ता खानेकुरा खाने?



काठमाडौं – आजकल मानिस आफ्नु स्वास्थ्यसंग धेरै नै ध्यान दिने भएका छन्। किनकि यहाँ धेरै मानिसले आफ्नु ज्यान अनुसार कहिले कुन बेला के खाने भन्ने कुराहरु मिलाएर खाने गर्छन्।

धेरैजसो मानिस पौष्टिक तथा महँगा खानेकुरा खाँदा पनि बिरामी हुन्छन्। विज्ञहरुका अनुसार यदि मानिसहरु डाइट आफ्नो ब्लड ग्रुप अनुसार खाए शरीरलाई फाइदा पुग्दछ। ब्लड ग्रुप अनुसार खाएका खानेकुराहरु मज्जाले पच्ने गर्दछ।

हरेक रगत समुहको आफ्नै छुट्टै स्वभाव हुने गर्दछ। यसमा हाम्रो खानपानसँगको सम्बन्ध जोडिएको हुन्छ। त्यसैले सबै आफ्नु शरीरलाइ सधै फुर्तिलो र तन्दुरुस्त बनाउनुनलाइ ब्लड ग्रुपसंग खान मिलाउन उत्तम हुन्छ।

‘ए’ ब्लड ग्रुप

‘ए’ ब्लड ग्रुप हुनेले आफ्नो डाइटमा हरियो सागपातसँगै टोफू, समुन्द्री खानेकुरा तथा विभिन्न किसिमका दालहरु खाने गर्नुपर्छ। यो रगत समूह भएका मानिसहरुले ओलिभको तेल, दुधबाट बनेका खानेकुरा, मकै तथा सी फुडहरु मिलाएर खानुपर्छ। ‘ए’ ब्लड ग्रुप भएका व्यक्तिहरुले आफ्नो डाइटमा मासु नराख्दा पनि हुन्छ।

‘ओ’ ब्लड ग्रुप

‘ओ’ ब्लड ग्रुप हुनेले धेरै प्रोटिन भएका खानेकुरा खानुपर्छ। यसमा दाल, मासु, माछा, फलफुल आदि रहेका छन्।

‘बी’ ब्लड ग्रुप

‘बी’ ब्लड ग्रुप भएका व्यक्तिहरु एकदमै भाग्यमानी हुन्छन्। उनीहरुले डाइटमा सबै खानेकुराहरु खान सक्छन्। तरकारी, फलफुल, माछा, मटन, चिकेन सबै खाँदा हुन्छ। यो रगत समूहहरुको पाचन शक्ति एकदमै राम्रो हुन्छ। यसै कारण उनीहरुको शरीरमा बोसो त्यति जम्दैन। यस्ता व्यक्तिहरुले दूधबाट भनेका खानेकुरा, अण्डा जति पनि खाँदा हुन्छ।

‘एबी’ ब्लड ग्रुप

‘एबी’ ब्लड ग्रुप धेरै कम मानिसहरुमा पाइन्छ। जुन खानेकुरा ए र बी ग्रुपले खानु हुँदैन सोही खानेकुरा एबी ब्लड हुनेले पनि खानु हुँदैन। यो रगत समूह भएकाहरुले तरकारी तथा फलफुलहरु धेरै खानुपर्छ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल