Logo

राजनीति

बाढी, पहिरोमा बेपत्ता भएकाहरूको उद्दार र विस्थापितलाई राहत प्रदान गर : अनेरास्ववियु



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले विगत केही दिनदेखि परेको सुदूरपश्चिम प्रदेशसहित देशभरका विभिन्न स्थानमा आएको बाढी पहिरोले पुगेको क्षतिप्रति ध्यानाकर्षण भएको बताएको छ ।

अध्यक्ष सुनिता बरालले मंगलबार विज्ञप्ति जारी गरी बाढी र पहिरोले किसानहरूले लगाएको धानबाली नष्ट हुनुका साथै घरवस्तीहरू र मानवीय रुपमा भएको क्षतिले स्तब्ध बनाएको बताएकी हुन् ।

‘बाढी र पहिरो लगाएत विपतका सबै घटनामा अनेरास्ववियु विगत देखि नै राहत र उद्दारमा निरन्तर क्रियाशील रहँदै आएको सर्वविदितै छ, यो दुःखद् घटनामा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ बरालले विज्ञप्तिमा भनेकी छिन् ।

प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासिनताका कारण पनि दिनप्रतिदिन ठूलो मात्रामा क्षति भएको अध्यक्ष बरालको ठहर छ ।

बाढी, पहिरो तथा डुवानमा परी मृत्यु भएका मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ती, बेपत्ता भएकाहरूको खोजीकार्य तीव्रताका साथ गर्न, घाइते र विस्थापितहरुलाई उपचार र राहतको काम तत्कालै अगाडि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग पनि उनले गरेकी छिन् ।

‘अनेरास्ववियु, हाम्रा सबै तह र जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्ताहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै परिचालित हुन निर्देशन गर्दछ। साथै आम जनसमुदायलाई पिडितहरुलाई सहयोगको लागी अपिल गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

एमसीसीबारे महानायक राजेश हमालको टिप्पणी (हेनुहोस् भिडियो)

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल