Logo

राजनीति

भीमबहादुर विश्वकर्माको हत्या र सिन्धुलीका तीन बालिका बलात्कारमा संलग्नलाई तत्काल कारबाही गर: अनेरास्ववियु



काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले चितवनको भरतपुरका भीमबहादुर विश्वकर्माको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले मंगलबार विज्ञप्ति जारी गरी असोज २८ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–४ दुर्गाचोकमा रहेको दुर्गा मन्दिरमा पूजा गर्ने विषयमा विवाद हुँदा स्थानीय भीमबहादुर विश्वकर्माको हत्या भएको घटनाप्रति ध्यानाकार्षण भएको बताएकी हुन् ।

‘नेपाली समाजमा रहेको जातीय विभेद र विभेद जन्य घटनाका कारण हुने जघन्य अपराधले सिंगो राष्ट्रको शिर निहुरिएको छ, यस्ता सबै प्रकारका विभेदको अन्त्यका लागि समाजमा क्रियाशिल सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न समूह तथा पक्षहरुलाई रचनात्मक भूमिकाको आह्वान गर्दै मृतकप्रति भावपूर्ण श्रदाञ्जलि व्यक्त गर्दछौं, र दोषी उपर कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दर्छौं,’ बरालले विज्ञप्तिमा भनेकी छिन् ।

यसैगरी, २०७८ कात्तिक १ गते सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर–५ मा १५ देखि १७ वर्ष उमेर समुहका एकै परिवारका दुईसहित तीन अबोध बालिकाहरू सामुहिक बलात्कारमा परेको घटनाप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको अध्यक्ष बरालले बताएकी छिन् ।

‘यस्ता अमानवीय घटनाले सामाजिक सुरक्षामा राज्यको उदाशिनता स्पष्ट देखिन्छ, यो परमादेशी देउवा सरकार समाजमा शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि अनेक जालझेलको बाटोबाट आफ्नो आयु बढाउन उद्देलित भएको हामीले अनुभूति गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल त्यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउन र पीडित बालिकाहरूलाई समाजमा सम्मानपूर्वक बाच्ने व्यवस्था मिलाउन हामी यो सरकारसँग जोडदार माग गर्दर्छौं, हाम्रो आवाजलाई नजरअन्दाज गरेको खण्डमा सामाजिक न्यायको निम्ति अनेरास्ववियु सशक्त ढंगले प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौं।’

विज्ञप्ति

अनेरास्ववियु सदैव अन्याय, अत्याचार, शोषण उत्पीडनको विरुद्ध न्याय र समानताको पक्षमा वकालत गर्दै आम शोषित पीडित जनताको आशा र भरोषाको केन्द्र हो । नेपालको संविधानले आम नेपाली नागरिकले समाजमा स्वतन्त्रता पुर्वक निर्भिक र सम्मानजनक ढंगले बाच्न पाउने अधिकारको सुरक्षा किटान गरेको छ ।

संविधानले प्रत्यायोजित गरेको अधिकार जनतालाई अनुभुति हुने गरि प्रदान गर्नु राज्यको दायित्व हो । समाजमा हुने सबै खालका विकृती, बिसङ्गती र कु–संस्कारहरुलाई कडाइका साथ निस्तेज पार्न कानुनी राज्यको अनुभुति हुने गरि राज्यका सुरक्षा निकायहरु परिचालन हुनुपर्छ भन्ने अनेरास्ववियुको स्पष्ट दृष्टिकोण छ ।

यसै सन्दर्भमा मिती २०७८ असोज २८ गते भरतपुर महानगरपालीका वडा नम्बर–४ दुर्गा चोकमा रहेको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा विवाद हुदा स्थानीय भीमबहादुर विश्वकर्माको हत्या भएको घटनाप्रति हाम्रो ध्यानाकार्षण भएको छ । नेपाली समाजमा रहेको जातीय विभेद र विभेद जन्य घटनाका कारण हुने जघन्य अपराधले सिंगो राष्ट्रको शिर निहुरिएको छ ।

यस्ता सबै प्रकारका विभेदको अन्त्यका लागि समाजमा क्रियाशील सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न समुह तथा पक्षहरुलाई रचनात्मक भूमिकाको आह्वान गर्दै मृतक प्रति भावपुर्ण श्रदाञ्जलि व्यक्त गर्दछौं, र दोषी उपर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दर्छौ ।
हार्दिक अभिवादनसहित।

रमेश खरेलको अबको राजनीतिक यात्रा कसरी ? (अन्तरवार्ता)

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल