Logo

राजनीति

‘पाँचथरका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा कांग्रेसको चारतारे झण्डा फहराउँछौं’



फिदिम – नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सचिव पदका उम्मेदवार धनराज तुम्बापो लिम्बुले पार्टीभित्र नवीन रुपान्तरणको अभियान आरम्भ भइसकेका बताएका छन् ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य तुम्बापोले नेपाली कांग्रेसका १४औं महाधिवेशनले पार्टीलाई नयाँ सैद्धान्तिक र वैचारिक उचाई प्रदान गर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले प्रतिपादन गरेको समाजवादको सिद्धान्तलाई अब नयाँ उचाई दिँदै पार्टीलाई सशक्त रुपमा स्थापित गर्ने तुम्बापोको भनाई छ ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको राष्ट्रिय अभियानलाई कांग्रेस पार्टीको १४औं महाधिवेशनले देशव्यापी बहस र जागरण प्रदान गर्ने छ, त्यसपछि हाम्रो ध्यान आगामी निर्वाचनमा केन्द्रित हुनेछ,’ युवा नेता तुम्बापोले भने ।

आगामी तीन वटै निर्वाचनमा पाँचथरमा नेपाली कांग्रेसको चारतारे झण्डा फहराउने उद्घोष गर्दै नेता तुम्बापोले यसै कारण पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् ।

‘आगामी जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएर पाँचथरमा नेपाली कांग्रेसको संगठन सशक्त बनाउने अभियान होमिने छु, सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा नेपाली कांग्रेस विजयी हुने आधार निर्माणका लागि अहोरात्र खट्ने उद्घोष गदर्छु,’ तुम्बापोले भने ।

सचिव पदका उम्मेदवार तुम्बापोले पाँचथर जिल्ला कार्यसमितिका सभापति पदका उम्मेदवार सुरेन्द्रकुमार दाहालको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सभापतिका उम्मेदवार दाहालको टिममा उपसभापति पदमा बृजहाङ आङदेम्बे र डेकेन्द्र चेम्जोङ, सचिवमा धनराज तुम्बापो र बालकृष्ण ओझा तथा सहसचिवमा कृष्ण फियाक र तुलसी आचार्यले उम्मेदवारी दिएका छन् ।

‘सहमति, सहकार्य र एकता, सुदृढ संगठन, समान अधिकार र सहभागिता’ भन्ने नाराका साथ उक्त टिम चुनावी अभियानमा होमिएको छ ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल