Logo

समाचार

स्वस्थ रहन कुन उमेरका व्यक्तिले कस्ता खानेकुरा खाने ?



डा. रक्षा घिमिरे – सहरी क्षेत्रमा रहेका अधिकाशं मानिसले प्यास्टिकमा र्‍याप गरेका तथा जंक फुड खाने गरेका छन्। त्यस्तै, हालसालै मानिस कोरोनाको कारण लकडाउन तथा निषेधाज्ञा तथा आइसोलेन, क्वारेन्टिनबाट पनि बाहिर निस्केका छन्, जसका कारण झनै धेरै बाहिर बनेका खानेकुरा खान थालेका छन्। प्लास्टिकभित्र राखिएका खानेकुरामा नकुहिने तथा नबिग्रिने केमिकल, नुनको मात्रा ज्यादा हुन्छ।

यसले गर्दा भविष्यमा विभिन्न खालका नसर्ने रोग देखा पर्ने सम्भावना बढि रहेको छ। केमिकल भएका, तथा चिल्लो खानेकुरा खाँदा मानिसको शरीरमा कोलेस्ट्रोल तथा सुगरको लेबल बढ्दै जान्छ।

डाइबेटिज, मुटुको रोग जस्ता दीर्घ रोगबाट बच्न खाना र व्यायाम निकै जरुरी छ। हाम्रो जीवनमा स्वस्थ्य रहन ७० प्रतिशत खानपिन र ३० प्रतिशत व्यायामको भूमिका रहन्छ। यी दुई कुरालाई मिलाएर लान सके स्वस्थ्य जीवन बाँच्न सकिन्छ। जीवनभर सन्तुलित खानेकुरा खानुपर्छ। सन्तुलित खानेकुरामा खाना, दाल, सागसब्जी, सलाद, र अचार पर्दछ।

आलस या छोप हालेर बनाइएको अचार खाँदा शरीरलाई निकै फाइदा पुग्दछ। आलसमा ‘अनसेचुरेटेड फ्याट’ हुन्छ, जसका कारण शरीरमा भएको कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ।

कुन उमेरका व्यक्तिले कस्ता खानेकुरा खाने

जुनै उमेरका व्यक्तिले बाहिरको खानेकुरा खानु हुँदैन। सबैलाई सन्तुलित खानेकुरा नै आवश्यक हुन्छ, तर उमेर अनुसार खानेकुरा मिलाएर खाँदा राम्रो हुन्छ।

६ महिना देखि १ वर्षसम्मका शिशुः

यो उमेरका शिशुलाई लिटो खुवाउनुपर्छ। लिटो खुवाउँदा बदाम, काजु, पेस्ता जस्ता पोषणयुक्त ड्राईफ्रुट मिसाएर दिनुपर्छ।

त्यस्तै, लिटो बनाउँदा एउटै मात्र चीजले नभई विभिन्न गेडागुडी मिसाएर बनाउने गर्नुपर्छ। सातुमा मिसाउने मकै, भटमास, चना आदि मिसाएर बनाउनुपर्छ।

त्यसैगरी, उम्रेरेको गेडागुडी (गेडागुडी भिजाएर विरुवा उम्रिन थालेको) को पनि लिटो बनाउन सकिन्छ। यसले धेरै फाइदा पुर्‍याउँछ। कतिपय गेडागुडीमा एन्टिन्युट्रियन्ट तत्व हुन्छ। भिजाएर टुसा निकालेको गेडागुडीमा उक्त एन्टिन्युट्रियन्ट तत्व हट्छ। साना शिशुहरुलाई यसरी खुवाउँदा पच्न पनि सजिलो हुन्छ।

२ देखि माथिका बालबालिकाः

यो उमेरमा बालबालिकाहरुले खाने भनेको खाना वा जाउलो हो। जाउलो पकाएर खुवाउँदा त्यसैमा सागसब्जी हालेर खुवाउने गर्नुपर्छ। त्यस्तै, खानामा अण्डा, दाल, घिउ मिसाएर खुवाउनुपर्छ, जसले उनीहरुलाई एकदमै फाइदा पु¥याउँछ।

विद्यालय जाने उमेरका बालबालिकाः

सबै भन्दा बढि जंक फुड खाने बालबालिका विद्यालय जाने उमेरका हुन्छन्। घरबाट र विद्यालयमा प्याकेज खानेकुरा नपठाउने तथा विद्यालयमा ब्यान्ड गर्न जरुरी छ। बालबालिकालाई सन्तुलित खानेकुरा पठाउने, जसमा दैनिक एउटा अण्डा, फलफुल राखेर पठाउनु पर्दछ।

यी उमेरका बालबालिकाको शरीरिक तथा मानसिक विकास भइरहेको हुन्छ, जसका कारण पोषिलो खानेकुरा जरुरी छ।

त्यस्तै, हाल बालबालिकाले मोबाइल चलाउँदै, टिभी हेर्दै खाना खाने वा जंक फुड बढि खाने गरेका छन्, जसले गर्दा सानैमा ओबिसिटि (मोटोपना) हुने गरेको छ। धेरै बालबालिकामा मोटोपना देखिन थालेको छ। बालबालिकामा पहिले देखिन नै धेरै तौल तथा मोटोपना देखिन थाले चाँडै दीर्घ रोग देखिन सक्छ। ३० देखि ३५ वर्षका उमेरमै कोलेस्ट्रोल लेबल बढि हुने, सुगर, प्रेसर देखिन थाल्छ।

बच्चामै धेरै तौल भएका बालबालिकामा पछि गएर तौल घटाउन पनि निकै गाहे हुन्छ।

काम गर्ने उमेर समूहः

अफिसमा बसेर काम गर्नुपर्ने व्यक्तिहरुले कार्बोहाइड्रेट भएको खानेकुरा कम खानुपर्छ। आफ्नो खानेकुरामा फलफुल तथा सलाद खानुपर्छ। त्यस्तै, अण्डा, मासु खाने गर्नुपर्छ।

आजकाल शरीरिक काम भन्दा पनि सोचेर गर्नुपर्ने काम धेरै हुन्छ। बसेर गर्नुपर्ने काम भएकाले कार्बोहाइड्रेट भएको खानेकुरा निकै कम गर्नुपर्छ भने बदाम, ओखर, काजु, पेस्ताहरु दैनिक अलि अलि खाने गर्नुपर्छ। धेरै जसो सागसब्जी, सलाद जस्ता खानेकुरा बढि खानेगर्नुपर्छ।

जेष्ठ नागरिक

उमेर बढ्दै गएपछि कब्जियतको समस्या, घुँडा दुख्ने, हड्डी कम्जोर हुने भएकोले क्याल्सियम युक्त खानेकुरा खानुपर्छ, जस्तै, दुध, दही, चिज, तरकारी, फलफुल, अण्डा, माछामासु आदि। कब्जियत धेरै देखिने भएका कारण सागसब्जी तथा सलादमा एकदमै बढि ध्यान दिनुपर्छ।

भिटामीन, प्रोटिनयुक्त खानेकुरा पनि खान उपयुक्त हुन्छ। समग्रमा सबै खाले सन्तुलित आहारा जरुरी हुन्छ।

डा. रक्षा घिमिरे, विराट मेडिकल कलेज टिचिङ हस्पिटलकी डाइटीसियन हुन्।

एसीसीविरुद्ध उभिए राजेश हमाल, के भने अमेरिकालाई ? (भिडियो)

प्रकाशित : २७ आश्विन २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल