Logo

राजनीति

रुवी खानसहितका अभियन्ताको आन्दोलनमा अनेरास्ववियुको ऐक्यवद्धता, अध्यक्ष बरालले भनिन्, ‘सरकारले माग पूरा नगरे आन्दोलन’



काठमाडौं – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बाँकेकी नकुल्ली धोबी र निर्मला कुर्मीलाई बेपत्ता बनाई हत्या गरिएको घटनामा न्याय माग्ने अधिकारकर्मीमाथि सरकारले ज्यादती गरेको निष्कर्ष निकालेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति प्रकाशित गरी आन्दोलनमा उत्रिने चेतावनी दिएकी हुन् ।

पीडितको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेर माइतीघरमा धर्ना बसेका रुबी खानलगायत अधिकारकर्मीलाई धम्क्याइएको बताउँदै बरालले कडा आपत्तिसहित आन्दोलनमा उत्रिने चेतावनी दिएकी हुन् ।

अध्यक्ष बरालले अनेरास्ववियुले परमादेशी सरकार नै उक्त घटनाको पीडक रहेको टिप्पणी गर्दै अपराधीलाई संरक्षण गर्ने सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएकी छिन् । उनले अनसनमा बसेकाहरूसँग वार्ता गरी पीडितलाई न्याय दिन माग पनि गरेकी छिन् ।

‘हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध र माफियाकरणको संरक्षण गर्ने जस्तोसुकै व्यवस्था, व्यक्ति र प्रवृत्ति विरुद्द जेहाद छेडेको संगठन अनेरास्ववियु न्याय प्राप्तिको यो लडाईका लागि परमादेशबाट किस्तिमा आएको यो सरकारलाई कडा चुनौति दिन चाहन्छौ र उक्त घटनामा न्याय प्राप्तिका लागि आमरण अनसनरत रुवी खान लगायतका सबै आन्दोलनकर्मीहरूको जीवन रक्षाको ग्यारेन्टी गदै पीडितलाई न्याय दिलाउन आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनसन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पिडीतको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बरालद्वारा जारी विज्ञप्ति

राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निणरयक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक कृयाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै बिद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्ज्वल शैक्षिक भविश्य निर्माणका निम्ति समेत सदैव क्रियाशील रहेको संगठन हो ।

यसै सन्दर्भमा मिति २०७८ साउन ५ गते बाँके जिल्ला जानकी गाँउपालिका वडा नं ०२ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परमपुर निवासी निर्मला कुर्मीलाई आफ्नै घरबाट बेपत्ता बनाई हत्या गरिएको घटनामा निजहरुका आफन्तहरुले न्याय प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरुमा किटानी जाहेरी लिएर जाँदा समेत जाहेरी बुझेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने कुरा त परै जाओस्, पिडितका आफन्तहरुलाई उल्टै धम्काउने काम भएको छ, यस प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । पिडीतलाई न्याय र अपराधीलाई कठोर भन्दा कठोर कारबाही हुनु पर्दछ भनि महिला अधिकार मञ्च बाँकेको अगुवाईमा केही दिन बाँके जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना गरेपश्चात मिति २०७८ भदौ १ गते देखि नेपालगञ्ज बाट काठमाण्डौं सम्म पैदल यात्रा गरि माईतीघर मण्डलामा अधिकारकर्मी रुवी खान लगायतका अधिकारकर्मीहरु आमरण अनसन बसि रहनु भएको छ। अधिकारकर्मीहरुको माग र स्वास्थ्य प्रति असंम्वेदनशील यो सरकार मुखदर्शक रहदै व्यापक धरपकडमा उत्रिएको छ । यी र यस्ता घटनाक्रमहरुले यो परमादेशी सरकार नै उक्त घटनामा पिडक रहेको तथ्य उजागर भएको छ ।

हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध र माफियाकरणको संरक्षण गर्ने जस्तोसुकै व्यवस्था, व्यक्ति र प्रवृत्ति विरुद्द जेहाद छेडेको संगठन अनेरास्ववियु न्याय प्राप्तिको यो लडाईका लागि परमादेशबाट किस्तीमा आएको यो सरकारलाई कडा चुनौती दिन चाहन्छौ र उक्त घटनामा न्याय प्राप्तिका लागि आमरण अनसनरत रुवी खान लगायतका सबै आन्दोलनकर्मीहरुको जीवन रक्षाको ग्यारेन्टी गदै पीडितलाई न्याय दिलाउन आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनसन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पिडीतको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ ।

एसीसीविरुद्ध उभिए राजेश हमाल, के भने अमेरिकालाई ? (भिडियो)

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल