Logo

मनोरञ्जन

आर्टमाण्डुको दशैंतिहार कोशेली ‘बिनायो भाकैले’, ८०–९० को दशकको झल्को दिने म्यूजिक भिडियो (हेनुहोस् भिडियो)



काठमाडौं – आर्टमाण्डु नेपालले नयाँ सांगीतिक भिडियो सार्वजनिक गरेको छ । आर्टमाण्डुले ‘बिनायो भाकैले’ शीर्षकमा गीत र म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

फरक–फरक स्वादका सांगीतिक भिडियो ल्याउँदै आएको आर्टमाण्डुले ल्याएको ‘के माया लाग्छ र ?’, ‘तिनपाते’, ‘बाफ’ जस्ता सांगीतिक कोशेली दर्शकले सर्वाधिक रुचाएका छन् ।

सुष्मा सिग्देलको शब्द, अंकितबाबु अधिकारीको संगीत रहेको गीतमा अंकितबाबु र सुनिता थेगिमले स्वर भरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

८०–९० को दशकको नेपाली चलचित्रको स्वर्णिम युगलाई समर्पित गर्दै यस ‘बिनायो भाकैले’ तयार गरिएको आर्टमाण्डुले जानकारी दिएको छ ।

यसको भिडियोमा बिजु पार्की र कविता नेपाली नायक–नायिकाको भूमिकामा प्रस्तुत छन् ।

त्यस्तै भिडियोमा खलनायक, सहायक खलपात्रहरु, हाँस्य कलाकार, चरित्र अभिनेता लगायतको भूमिकामा समेत कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पुरानो शैलीमै भिडियो तयार पारिएको छ ।

बाल्यकालमा हुँदाको चलचित्रको यादलाई स्मरण गर्दै ‘बिनायो भाकैले’ निर्माण गरिएको प्रोजेक्ट सुपरभाइजर नवीन चौहानले बताएका छन् । बिजु पार्की, लाहुरेको नृत्य निर्देशन, सुशन प्रजापतिको छायाँकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन एवं रंग संयोजन गरेका हुन् ।

म्यूजिक भिडियोमा खलनायकको भूमिकामा काजी राना रहेका छन् । सहायक खलपात्रहरूमा सुजन भट्टराई, अन्वेश राई थुलुङ र जीवन गायक रहेका छन् । हास्य कलाकारद्वय सम्रान्त थापा र सेविता अधिकारी छन् ।

चरित्र अभिनेताहरूमा विकास बलामी र स्वेता केसी रहेका छन् । मुख्य सहायक नृत्यकारद्वय अस्मी भुजेल र विशाल गुरहू तथा नृत्य समूहको अगुवाई मोहन सुनुवारले गरेका छन् ।

नृत्यकार दलमा लिजा क्षत्री, सुजिता मिजार, सृजना तामाङ, रमिता तामाङ, सबिना तामाङ, पुसु क्षत्री, सोफिया तामाङ, प्रविना श्रेष्ठ, हिमा राई, तारा हमाल, रुपेश श्रेष्ठ, प्रीतम तामाङ, सन्देश उर्बन, ट्याड डेबिट, राज रोकाय, विशाल चौधरी, सुनिल तामाङ, दीपेश बिसी, प्रकाश राई र कृष्ण मगर रहेका छन् ।

एसीसीविरुद्ध उभिए राजेश हमाल, के भने अमेरिकालाई ? (भिडियो)

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल