Logo

समाचार

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णु सुवेदी नियुक्त



काठमाडौं, ११ असोज – गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा पत्रकार विष्णु सुवेदी नियुक्त भएका छन् ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकले युवा पत्रकार सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पत्रकारिता क्षेत्रमा अढाई दशकदेखि क्रियाशील सुवेदीले यसअघि अन्नपूर्ण पोस्ट डटकम (अन्नपूर्ण पोस्ट दैनिकको अनलाइन संस्करण) को सम्पादक, नेपाल समय र नेपाल तारान्यूजको सम्पादकको जिम्मेवारीमा रहेर काम गरेका छन् ।

नवनियुक्त कार्यकारी अध्यक्ष सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् । सुवेदीको जन्मस्थान गुल्मी हो ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल