Logo

समाचार

बेच्न राखिएका फलफूलमा किन टाँसिन्छ स्टीकर ? यसरी चिन्नुहोस् स्वस्थ खानेकुरा



काठमाडौं – सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो। अब फलफूल किन्दा कुन स्वस्थ कुन अस्वस्थ भनेर कसरी छुट्याउने भन्ने कुरा त्यस फलमा टाँसिने स्टीकरको कोडबाट सजिलै चिन्न सकिन्छ। हामी सबैले पसलमा राखेको फलफूलमा स्टीकर देखेकै हौँला।

तर त्यसको अर्थ के हो र कसरी त्यसको प्रयोग गर्ने भनेर थाहा/चासो नहुन सक्छ। कतिपयको सस्तो फलफूल किन्ने बानी हुन सक्छ। सस्तो महँगो पनि त्यही स्टीकरको कोडको प्रकारअनुसार निर्धारण हुन्छ।

त्यसरी फलफूलमा टाँसिने स्टीकरमा चार या पाँच अङ्कको कोड दिइएको हुन्छ। उक्त कोडलाई प्राइस् लुक अप कोड [ Price-Look-Up Code] भनेर भनिन्छ। ती कोडको प्रकार अनुसार फलको गुणस्तर र मूल्य निर्धारण हुन्छ। यस्ता कोड तीन प्रकारका हुन्छन्।

पहिलो प्रकार- 9 बाट सुरु भएको पाँच अङ्कको कोड

यस्तो कोडले फल प्राकृतिक अवस्थामा, कुनै रासायनिक पदार्थ/बिषादीको प्रयोग बिना उब्जाइएको हो भन्ने बुझाउँछ। यस्तो फलहरू पूर्णतया अर्ग्यानिक हुन् र स्वास्थ्यका लागि सबैभन्दा स्वस्थकर हुन्छन्। यस्ता फलहरू स्वाभाविकै महङ्गा हुन्छन्।

दोस्रो प्रकार- 8 बाट सुरु भएको पाँच अङ्कको कोड

फलमा यस्तो कोडसहितको स्टीकर छ भने त्यस फल जेनेटिकल्ली मोडिफाइड फल [ Genetically Modified Fruit] हो भनेर बुझ्नुपर्दछ। यस्ता फल पूर्णतया प्राकृतिक होइनन्। जस्तै कुनै फलमा कुनै रोगले धेरै क्षति पुर्याइरहेको छ भने त्यो फलमा बाहिरबाट अर्को जिन हालिन्छ र त्यसले प्राकृतिक रुपमा रहेको फलको जेनेटिक कोडलाई परिवर्तन गरिदिन्छ।

यसरी उत्पादन गरिएका सबै फलहरू स्वस्थ हुन्छन् भन्ने चाहिँ हुँदैन। यस्तो फलहरू उत्पादन गर्नु अघि विभिन्न अन्तराष्ट्रिय उच्च निकायहरूले तय गरेका मापदण्डहरू पुरा गरेर अनुमती लिनुपर्दछ।

तेस्रो प्रकार- 4 बाट सुरु भएको चार अङ्कको कोड

यी फलहरु कृत्रिम तरिकाले उत्पादन गरिएका हुन्छन्। अर्थात विभिन्न रसायन,बिषादीहरुको साहारामा उत्पादन गरिन्छन्। यस्ता फल स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्। स्वाभाविकै यिनीहरु सबैभन्दा सस्तो मूल्यमा पाइन्छन्।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल