Logo

मनोरञ्जन

सैफ अली र अमृताको विवाहमा करिनाले भनेकी थिइन् “बधाई सैफ अंकल”



काठमाडौं – सम्बन्ध विच्छेदपछि बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंह आ–आफ्नो जीवन बिताइरहेका छन्। कुनै समयको निकै चर्चित यो अहिले पनि बेला बेलामा चर्चामा आउने गर्दछ। कारण एउटै मात्र हो कि उनीहरुको उमेरको फरक।

बलिउडमा यस्ता धेरै जोडी छन् जसको उमेरमा धेरै अन्तर रहेको छ। प्रेमको कुनै सिमाना हुँदैन भनिन्छ। त्यसैले प्रेममा उमेरको हद पनि नरहने गर्छ। बलिउडमा यस्ता जोडी समेत छन् जाुन् जोडी भन्दा पनि आमा–छोरा जस्ता देखिन्छन्। यस्तै एक जोडी भनेको सैफ अली र अमृताको पनि हो।

अभिनेता सैफअली खानले १९९१ मा आफूभन्दा १२ वर्ष जेठी अमृता सिंहसँग विवाह गरेका थिए। त्यस समयमा उनको विवाहको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो। सैफ अली खान र अमृता सिंहको प्रेमकथा कुनै फिल्मको कहानीभन्दा कम छैन। यी दुईको प्रेम कहानीको बारेमा धेरथोरलाई थाहा भएकै होला।

मायामा परेपछि यी दुवै परिवारको इच्छा विपरित गएर विवाह गरे। अमृता प्रसिद्ध राजनीतिज्ञ रुखसाना सुल्तानकी छोरी हुन्। रुखशाना सुल्तान इन्दिरा गान्धीका छोरा सञ्जय गान्धीको घनिष्ठ साथीहरूमध्ये एक थिइन्।

अमृताका बुबा सिख थिए। उनको नाम शिविन्दर सिंह विर्क थियो। उनी एक सेनाका अधिकारी थिए। अमृता आफ्नो समयको अग्रणी नायिकामध्ये एक थिइन्।

सैफ र अमृताको विवाहमा करिना पनि पाहुनाको रूपमा त्यहाँ पुगेकी थिइन्। त्यतिखेर करिना सानो बच्ची थिइन्। सैफको पहिलो विवाह अक्टोबर १९९१ मा भएको थियो। त्यतिबेला उनी ११ वर्षको मात्र थिइन्।

करीनाले सैफलाई उनको विवाहको लागि बधाई दिएकी थिइन् । करिनाले भनेकी थिइन् “विवाहको बधाई सैफ अंकल।” तब सैफले जवाफ दिएका थिए, ‘धन्यवाद छोरी।’

तर अमृता र सैफको सम्बन्धमा पछि तीतोपना आयो र उनीहरुको विवाह टिकिरहने अवस्था थिएन। र सन् २००४ मा सम्बन्धविच्छेद भयो। बालपनमा विवाहको बधाई सैफ अंकल भन्ने करीना अहिले सैफकी श्रीमती बनेकी छन्।

केहिवर्षको डेटपछि सैफ र करीनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए। सैफसँग कयांै पटक भेटेपनि उनीहरुको सम्बन्धमा ‘टशन’ को सुटिङले नयाँ मोड आएको थियो। उनीहरु एक अर्काप्रति पागल जस्तै भएका थिए भन्ने कुरा उनीहरुले नै अन्तरवार्ता बताउँदै आएका छन्।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल