Logo

मनोरञ्जन

५५ घण्टामै डिभोर्स भएपछि तेस्रो विवाहको तयारीमा ब्रिट्नी



काठमाडौं – हलिउड पप गायिका ब्रिटनी स्पेयर्सको निधनको खबरले केही दिन अघि निकै नै चर्चा पायो। ब्रिटनीको निधन भएको खबर ट्वीटरबाट भाईरल भएपनि उनका म्यानेजरले, ब्रिटनी स्वस्थ र तन्दुरुस्त भएको खबर दिए।


ब्रिटनीको आवाज र उनको सुन्दरतामा फिदा हुनेहरु धेरै छन्। उनको व्यवसायिक जीवन निकै लोभ लाग्दो छ। तर उनको व्यक्तिगत जीवनको गाडी भने सधैँ डगमगाईरह्यो। व्यवसायिक जीवनमा सुख र खुशी पाएकी उनले वैवाहिक जीवनलाई सफल बनाउन सकिनन्।
पहिलो विवाह गरेको ५५ घण्टामै उनी श्रीमान्सँग अलग भईन्।

त्यस्तै उनको दोस्रो विवाह तीन बर्ष पनि टिकेन। अहिले फेरी उनले प्रेमी साम असगरीका साथ ईगेजमेन्ट गरेकी छिन्। ३९ वर्षिया ब्रिट्नीले सामाजिक सञ्जालमार्फत प्रेमीको साथमा रहेको एक भिडियो शेयर गर्दै ईगेजमेन्टबारे हालै जानकारी दिएकी हुन्। उनले आफूहरु छिट्टै विवाह बन्धनमा बाधिने समेत बताएकी छिन्।

ब्रिट्नी र सामको पहिलो कुराकानी सन २०१६ मा म्युजिक भिडियो स्लम्बर पार्टीको शुटिङको क्रममा भएको थियो। विस्तारै चिनजान साथी हुदै मायामा परिणत भएपछि उनीहरुले ईगेजमेन्ट गरेका हुन्। तर ब्रिट्नीको यो पहिलो विवाह भने होईन उनको यो विवाह जीवनको तेस्रो विवाह हु्नेछ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल