Logo

मनोरञ्जन

‘ग्लुमी सनडे’ दुनियाँकै निराशावादी गीत : जसलाई सुनेर कयौंले गरे देहत्याग


३ आश्विन २०७८, आइतबार


काठमाडौं – सबै संगीतले मानिसलाई आनन्द मात्र दिँदैन। कुनै कुनै गीतले आफ्नो ज्यान आफैंले लिने अवस्थामा लग्छन्। प्रेममाथि संसारभरि नै अनेक विमर्श चल्छन्। प्रेममाथि लेखिएको एउटा यस्तो गीत छ, जसले संसारका धेरै मानिसलाई ज्यान दिन पे्ररित गर्यो। त्यो गीत हो– ग्लुमी सन्डे।

संसारमा धेरै ‘स्याड सङ’ छन्। केही गीतले तपाईलाई भावुक बनाउँछ, रुवाउँछ। यस्ता गीत पनि छन्, जसले तपाईंलाई ‘रोमान्टिक’ बनाउँछ।तर थोरै गीत छन्, जसले तपाईलाई आफ्नै ज्यान लिन प्रेरित गर्छ।

‘ग्लुमी सन्डे’ थोरै त्यस्ता गीतमध्ये एक हो। प्रथम विश्व यु,द्धपछि सन् १९३३ मा हंगेरीका ३४ वर्षे रेज्सो सेरेसले लेखेको गीत ‘ग्लुमी सन्डे’ जब बजारमा आयो तब यसका स्रोताले ज्यान दिन थाले।

भियनाकी किशोरी, बुडापेस्टका पसले र लन्डनकी गृहिणीले यही गीत सुनेपछि आफ्नो जीवन सिध्याएका थिए। अरू त अरू स्वयम् सेरेसले समेत सन् १९६८ मा आफ्नो जीवन सिध्याए।

हंगेरीमा ‘सुसाइड गीत’ भनेर कुख्याती कमाएको ग्लुमी सन्डे वास्तवमै यु,द्ध र वियोगको नतिजास्वरूप रचना गरिएको हो भन्ने विश्वास गरिन्छ। सेरेस मानसिक तनावमा रहेको बेलामा लेखिएको यो गीत उनका साथी जाभोरले प्रेममा धोका खाएपछि लेखेको समेत भनिन्छ।

हंगेरीको १ लाख जनसंख्या बराबर ४६ जनाले यही गीतका कारण आफ्नो ज्यान लिएपछि यस गीतलाई प्रतिबन्ध लगाइयो। भियनामा, एक टिनेजर युवतीले यही गीत सुनेर जीवनमा पूर्णविराम लगाइन्।

उनको हातमा एउटा कागज थियो र त्यसमा ग्लुमी सन्डे गीत लेखिएको थियो। लन्डनमा एक महिलाले पर्खालबाट हामफालेर आफ्नो ज्यान दिइन्। आश्चर्य त के थियो भने उनको छेउमा यसै गीत लेखिएको कागजको टुक्रा भेटियो।

यस गीत पहिलोपटक सन् १९३३ को ‘स्प्रिङ’मा बजाइएको थियो। हंगेरीको राजधानी बुढापेस्टस्थित एक क्याफेमा बसेका अधबैंसेले सेरेशको यो गीत सुन्न रहर गरे। अर्केस्ट्रा सकियो र उनी सिधै घरतिर लागे।

आफूले बिलकुल नयाँ र भावनात्मक गीत सुनेर आएको उनले परिवारलाई बताएका थिए। एउटा यस्तो म्युजिक जसलाई दिमागबाट निकाल्नै नसकिने भन्दै उनले तत्काल आफ्नो ज्यान आफैंले लिए।

यसरी दिन प्रतिदिन ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि हंगेरी सरकारले खोज गर्न थाल्यो। खोजमा यहि भेटियो की त्यो समयमा जसले ज्यान दिए उनीहरुको सिधा सम्बन्ध उक्त गीतमा पाइयो। त्यसपछि सार्वजनिक स्थलमा ग्लुमी सन्डे बजाउनै प्रतिबन्ध लगाइयोे।

यसरी रचिएको थियोे ‘गुल्मी सन्डे’

हंगेरियन कम्पोजर रेज्सो सेरेशले १९३२ मा ग्लुमी सन्डेको ‘मेलोडी’ तयार पार्दा डिसेम्बरको एक आइतबारका दिन आकाश धुम्म थियो। कालो बादलले मौसम नै उदास बनाएको थियो। बेलुकीपखको समय, आफ्नै कोठामा बसेर उनी झ्यालबाहिर चियाइरहेका थिए। घाम हराएर पानी पर्ला–पर्ला जस्तो भएको थियो। प्रेमीकासँग भर्खरै ब्रेकअप भएर निराश थिए।

सेरेसले बियोगमै पियानो बजाउँदै गर्दा एउटा धुन निस्कियो, जसमा प्रेमिका र मौसमको अनौठो संयोग थियो। उनले भने ‘वाउ ग्लुमी सन्डे।’ अब उनको खुसीको सीमा रहेन। गीतलाई एउटा पुरानो पोस्टकार्डमा लेखे। उनले ३० मिनेटभित्रै गीत तयार पारे। भ,या,न,क नि,रा,शा,ज,नक त्यो म्युजिक उनलाई खुबै मनप¥यो। र त्यो गीतलाई रिलिज गर्न तयारी थाले।

नेपालीमा गुगलमा अनुवाद गरिएको त्यस गीतको शब्द

उदासी आइतबार, मेरो समय निन्द्राविहिन छ। प्यारो छायाँ म संख्याविहीन भएर बाँच्छु।

साना सेता फूलहरुले जगाउन सक्दैनन्, त्यहाँ जहाँ होइन दुखका काला कोचले तपाईलाई लगेको छ।

परीहरुलाई तिमी कहिल्यै फर्किन्छौं भन्ने सोच छैन। यदि म पनि तिमीसँगै सामेल हुन चाहेमा उनीहरु रिसाउने त छैनन् उदासी आइतबार

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: