Logo

समाचार

सोमबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै, हेर्नुहोस् खोप केन्द्र (पत्रसहित)



काठमाडौं – सरकारले काठमाडौंमा असोज ४ गतेदेखि ३ दिन खोप लगाउने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौं अनुसार खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने छ।

खोप ४० वर्ष वा सोमाथि उमेर समूहका सबै नागरिक, विश्वविद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिउका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेल दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिहरुले खोप पाउने भएका छन्।

चीनबाट शुक्रबार मात्रै ४० लाख डोज खोप नेपाल आइपुगेको थियो। नेपालले चीनसँग खरिद गरेको खोप उक्त मात्रामा काठमाडौं आइपुगेपछि दोस्रो डोज लगाउने तयारी गरेको हो। स्वास्य कार्यालयले खोप केन्द्र पनि तय गरेको छ।

प्रकाशित : २ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल