Logo

पत्र-पत्रिका

७ दिनमा मधुमेह कम गर्ने चिज चिकित्सकले पत्ता लगाए, के हो त्यो ?



काठमाडौं – पछिल्लो दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ। बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन्।

रगतमा चिनीको मात्रा बढ्दै जाँदा विभिन्न समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ । मधुमेहका रोगीहरुले खानपानमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ। भारतको महाराष्ट्र र आन्ध्र प्रदेशका चिकित्सकहरुले रगतमा चिनीको मात्रा कम गर्नका लागि एउटा फल फाइदाजनक भएको बताएका छन्।

चिकित्सकका अनुसार मधुमेहका रोगीलाई कटहरले फाइदा गर्छ। काँचो कटहर होस् वा पाकेको होस् यसले मधुमेहका रोगीलाई फाइदा गर्ने गर्छ। अन्तर्राष्ट्रिय पत्रिका ‘नेचर’ मा छापिएको एउटा अध्ययनले मधुमेहलाई नियन्त्रण गर्न कटहर निकै महत्वपूर्ण मानिन्छ।

उक्त अध्ययनमा कटहर मधुमेहका रोगीका लागि फाइदाजनक भएको पाइएको छ। अध्ययनका अनुसार कटहरले ७ दिनमा रगतमा ग्लुकोजको मात्रा घटाउँछ। अमेरिकी डायबेटिज एसोसिएसनद्वारा गरिएको एक अध्ययनका क्रममा चामल र गहुँको सट्टामा कटहर दिइएको र यसको नतिजा पनि फाइदाजनक पाइएको पत्ता लागेको छ।

अध्ययनका क्रममा एक मधुमेह रोगीलाई ३० ग्राम कटहरको पाउडर दिइयो । तीन महिनापछि फास्टिङ ब्लड शुगर, पोस्टप्रोडिल ब्लड ग्लुकोज र HbA1c को स्तरमा धेरै कमि आयो। यसका साथै, रोगीको तौलमा पनि कमि आएको पाइएको बताइएको छ।

पश्चिमी देशहरुको तुलनामा भारत तथा नेपाल जस्ता देशहरुमा ३० प्रतिशत व्यक्तिहरुमा मोटोपनका कारण मधुमेह हुने गरेको पाइन्छ। अध्ययनका अनुसार कटहरको आटाले रगतमा चिनीको मात्रा कम गर्नुका साथै ग्लाइसेमिकलाई पनि नियन्त्रण गर्छ।

कटहरको आटा तयार गर्नका लागि यसको भित्रको दानालाई राम्रोसँग सुकाउने र त्यसको बाहिरको बोक्रा फालेर कटहरको बीजलाई पिसेर आटा तयार गरेर अन्य आटामा मिसाएर पनि खान सकिन्छ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल