Logo

राजनीति

कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन जोगाए दुई तिहाइको सरकार : प्रचण्ड



काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको प्रष्ट पारेका छन् ।

माओवादी नेता स्व. पोष्टबहादुर बोगटीको सातौं स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचको गठबन्धन जोगाउनु पर्ने बताएका हुन् ।

‘गठबन्धनलाई हामीले बचाउनुछ, गठबन्धनको तहबाट फेरि हामी दुई तिहाइकै सरकार बनाउनबाट बन्चित भएका छैनौं,’ प्रचण्डले भने ।

प्रचण्डले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि सरकार बन्ने बताए। उनले जनताले अब कुरा बुझिसकेकोले आफूलाई बदल्दै अगाडि बढ्नुपर्ने पनि बताए।

प्रचण्डले फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्ने बताए। ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ। शान्ति प्रक्रियामा आउने बित्तिकै हामीलाई पाँच–सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो,’ उनले भने।

साथै प्रचण्डले यतिधेरै सरकारमा सहभागी भएर एक सय जनाभन्दा धेरैलाई माओवादीले मन्त्री बनाए पनि देशको नेतृत्व राम्रोसँग गर्न नपाएको उल्लेख गरेका छन्।

प्रचण्डले रूपान्तरण हुने हो भने फेरि माओवादी सरकार बनाउने गरी देशकै एक नम्बरको पार्टी हुने बताएका छन्।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल