Logo

खेलकुद

ओमानविरुद्ध नेपालको १०० रन पूरा



काठमाडौं – विश्वकप क्रिकेट लिग २ अन्तर्गतको एकदिवसीय क्रिकेट खेलमा नेपाल र आमानबीचको खेल जारी छ। ओमानमा जारी खेलमा नेपालले सय रन पूरा गरेको छ।

नेपालका ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन्। उनले ६२ बलमा ५१ रन पुराएका थिए। हाल उनले ७१ बलमा ५६ रन बनाएका छन्।

त्यसक्रममा आसिशफले ५ चौका हानेका थिए। कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई २१ रनमा गुमाएको थियो।

जारी अवस्थामा नेपालले २३।१ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ। नेपालका रोहित पौडेल २० रनमा पवेलियन फर्किएका छन्।

त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो। नेपालका लागि सो खेलमा कुशल भुर्तेलले ८४ रन र रोहित पौडेलले अविजित ६२ रनको उत्कृष्ट पारी खेलेका थिए।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल