Logo

मनोरञ्जन

१०२ अवार्ड पाएर गिनिज बुकमा नाम लेखिएको फिल्म ‘कहो ना प्यार है’



काठमाडौँ – विश्व बजारमा बलिउड चलचित्रहरु निकै चर्चित छन्। अझ यहाँको गितको त कुरै छोडौं , यहाँ फिल्म मात्रा हैन यहाँका कलाकारको पनि चर्चा उत्तिकै छ। यहाँका फिल्मले विश्व बजारमा धेरै पुरस्कारहरु प्राप्त गरेका छन्।

यस्तै रेकर्ड राख्न सफल अभिनेता ऋतिक रोशनको अनिभय भएको पहिलो फिल्म ‘कहो ना प्यार है’ सन् २००० मा रिलिज भएको थियो। फिल्म हलहरुमा लागेको केही दिनमा नै ब्लकबस्टर भयो र ऋतिकको चर्चा रातारात उचाइमा पुग्यो। यो फिल्म ऋतिकको लागि बलिउडमा सफल प्रवेश बन्यो, त्यससँगै यसले बलिउडमा एउटा इतिहास रचेको छ।

राकेश रोशनको निर्देशनमा बनेको यो फिल्म एक केटीको कथावरिपरि घुम्छ जसले आफ्नो प्रेमीको हत्यारा उसको जस्तै अनुहार भएको अर्का व्यक्ति मार्फत पत्ता लगाउछिन्। यो फिल्मले हाल सम्म १०२ वटा अवार्ड जितेको छ।

यो हालसम्म बलिउड फिल्मले जितेको सबैभन्दा धेरै अवार्ड जसलाई सन् २००२ को गिनिज बुक अफ वर्ल्ड रेकर्डमा धेरै पुरस्कार जित्ने फिल्मको रुपमा राखिएको थियो।

राकेश रोशनले सर्वश्रेष्ठ निर्देशन गरेको यो फिल्मको रोचक तथ्य भनेको यो फिल्मभर अप्रत्यक्ष रुपमा कोकाकोलाको विज्ञापन गरिएको थियो। फिल्म हिट हुने बित्तिकै कोकाकोलाले ऋतिक रोशनलाई आफ्नो कम्पनीको नयाँ क्याम्पेन मोडलको रुपमा राखेको थियो।

अहिले पनि यो फिल्मलाई धेरै दर्शकले मन पराउने गर्दछन। यस फिल्मका गीतहरु अझै पनि पहिलाको जस्तै सदाबहारकोरुपमा गुञ्जिरहन्छन।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल